Lucky-Khabar_

काठमाडौं त्रिभुवन विमानस्थलमा संकटकालीन योजना अभ्यास (तस्वीरहरू)

आज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संकटकालीन योजनाको अभ्यास बिभिन्न निकाय मिलि गरिएको छ ।

content ad p2

नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा भएको संकटकालीन योजना अभ्यासमा हवाई उडान तथा सुरक्षा र मेडिकल एवम् उद्धारसँग सम्बद्ध नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित विभिन्न निकायहरु संलग्न रहेका छन् ।

आधा घण्टाका लागि गरिने अभ्यासमा नक्कली जहाजमा आगलागी भएपछि यात्रु तथा चालकदलको उद्धार कसरी गर्ने लगायत अभ्यास गरिन्छ ।

उद्धारका लागि दमकल, एम्बुलेन्सर उद्धारकर्मी कसरी परिचालित गर्ने भन्ने अभ्यास पनि गरिन्छ । संकटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासमध्ये ‘एयरक्राफ्ट एक्सिडेन्ट इन एयरपोर्ट’ सम्बन्धी पूर्णकालीन अभ्यास भइरहेको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार अभ्यास क्रममा विमानस्थल बन्द भएको छैन, बरु उडान–अवतरण सामान्य ढिलो भने हुन सक्छन् ।

अभ्यासबारे आन्तरिक वायुसेवा कम्पनीदेखि नेपाल उडान गर्ने सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको छ ।

सबै वायुसेवाले उडान–अवतरण सेड्युल मिलाएका छन् । विमानस्थल धावनमार्गको पूर्वपट्टि भागमा पूर्णकालीन अभ्यास भइरहेकाले उडान–अवतरण रोकिएका छैनन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड तथा त्रिभुवन विमानस्थलको एयरपोर्ट इमर्जेन्सी प्लानअनुसार वर्षैपिच्छे अनिवार्य यस्तो अभ्यास गर्नुपर्छ भने जानकारी प्राप्त भएको छ ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर