Lucky-Khabar_

बिरगंज ल्याउदै गरेका रक्सौलका राहुल हेल्मेट भित्र लुकाई ६ लाख रुपैयाँ सहित पक्राउ

३० जेष्ठ,बिरगंज।सशस्त्र प्रहरी पर्साले स्रोत नखुलेको ६ लाख नेपालि रूपैया सहित एकजनालाई पक्राउ गरेको छ ।

content ad p2

भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउदै गरेका एक जनालाई स्रोत नखुलेको ६ लाख रूपैया सहित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटीएको टोलीले पक्राउ गरेको छ ।

भारतको रक्सोलबाट वीरगञ्ज तर्फ आउदै गरेका B.०६ AR ९४११ नम्बर को मोटरसाइकल सवार जिल्ला पुर्बी चम्पारण रक्सौल वडा न. ८ का राहुल कुमारले लगाएको हेल्मेट भित्र लुकाई वीरगञ्ज ल्याउदै गरेका ६ लाख नेपाली रुपैयाँ फेला परेको सशस्त्र प्रहरी नम्बर १३ गण हेडक्वाटर पर्साले जानकारी दिएको छ ।
नेपाली रूपैयाँ र मोटरसाइकल सहित नियन्त्रणमा लिएका उनलाई आवश्यक कार्वाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको एपी.एफ.का सहप्रवक्ता डी.एस.पी. शैलेन्द्र थापाले जानकारी गराए ।

सम्बन्धित खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

रक्सौल नाकामा सामान किन्न जाने नेपालीहरूको ठूलो भीड, यता नेपाली व्यापारी भने व्यापार नचल्दा चिन्तित!

लक्की खबर