३० जेष्ठ,बिरगंज।सशस्त्र प्रहरी पर्साले स्रोत नखुलेको ६ लाख नेपालि रूपैया सहित एकजनालाई पक्राउ गरेको छ ।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउदै गरेका एक जनालाई स्रोत नखुलेको ६ लाख रूपैया सहित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटीएको टोलीले पक्राउ गरेको छ ।
भारतको रक्सोलबाट वीरगञ्ज तर्फ आउदै गरेका B.०६ AR ९४११ नम्बर को मोटरसाइकल सवार जिल्ला पुर्बी चम्पारण रक्सौल वडा न. ८ का राहुल कुमारले लगाएको हेल्मेट भित्र लुकाई वीरगञ्ज ल्याउदै गरेका ६ लाख नेपाली रुपैयाँ फेला परेको सशस्त्र प्रहरी नम्बर १३ गण हेडक्वाटर पर्साले जानकारी दिएको छ ।
नेपाली रूपैयाँ र मोटरसाइकल सहित नियन्त्रणमा लिएका उनलाई आवश्यक कार्वाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको एपी.एफ.का सहप्रवक्ता डी.एस.पी. शैलेन्द्र थापाले जानकारी गराए ।


