३१ जेठ,जनकपुरधाम ।जनता समाजवादी पार्टी नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया रोकियो ।

पार्टि अधयक्ष उपेन्द्र यादव बुधबार नै अध्यक्ष पदमा सर्वसम्मतबाट भइसकेको अवस्थामा निर्वाचन समितिले अन्य पदमा प्रक्रिया अघि बढाएको थियो ।तर अब सहअध्यक्षसहित केन्द्रीय पदाधिकारी र सदस्यहरूसमेत सबैजना सहमतिबाटै टुंगो लगाउने तयारीअनुसार बिहीबार दिउँसो निर्वाचनका सबै कार्यक्रम रोकिएको हो ।
बुधबार नै प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ताको सूची सार्वजनिक गरिएको जसपा महाधिवेशनका क्रममा बिहीबार निर्वाचन प्रक्रिया रोकेर सहमतिबाट पदाधिकारी र केन्द्रीय सदस्य छान्ने पक्रिया थालिएको हो ।
महाधिवेशनअन्तर्गत निर्वाचन समितिले अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । एउटा सह–अध्यक्षका लागि लालबाबु राउत, रकम चेम्जोङ र राजकिशोर यादवले उम्मेदवारी दिएका थिए । तर सह–अध्यक्षसहित सबै पद सहमतिमा टुंगो गरिने भएको छ ।
‘जसपा महाधिवेशनमा १ बजेदेखि निर्वाचन कार्यक्रम रोकिएको छ । निर्वाचनमा नगएर सहमतिमा जाने भनेर निर्वाचन प्रक्रिया रोकिएको हो’, अध्यक्ष यादवका प्रेस सल्लाहकार महेश चौरसियाले भने, ‘पार्टी अप्ठेरोमा रहेका बेला सहमतिको बाटो रोजिएको हो । नयाँ नेतृत्व छान्न भोट नै हाल्ने भनिएको थियो । तर अब पदाधिकारीदेखि केन्द्रीय सदस्यहरू पनि सहमतिमा आउनेछन् । अध्यक्षले जाति, लिङ्ग र क्षेत्र सबै हेरेर निर्णय लिनु हुनेछ भनि जनाए ।’
महाधिवेशनले नयाँ नेतृत्वका पदाधिकारी र केन्द्रीय सदस्य चयनको जिम्ममा पार्टि अध्यक्ष उपेन्द्र यादवलाई दिईएको छ
जसपामा ५ जना उपाध्यक्षका लागि १७ पुरुष र ६ महिला गरी २३ जनाको उम्मेदवारी परेको थियो।
पुरुषतर्फ मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, आङदेन्डी शेर्पा, विद्युत बज्राचार्य, अर्जुन थापा, गोविन्द चौधरी, शिवलाल थापा मगर, सरोजकुमार यादव, मोहमद खालिद, प्रकाश अधिकारी, बच्चा राउत अहिर, सुरेन्द्रप्रसाद कुर्मी, रामबचन अहिर यादव, मानध्वज बलोन, अमरेशनारायण झा, राजन केसी र सुमनकुमार चौधरी उम्मेदवार दिएका थिए ।
महिलातर्फ रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापाको उम्मेदवारी परेको थियो ।
दुई जना महासचिवका लागि बोमबहादुर दरलामी मगर (आदिवासी), रामकुमार शर्मा, विजय कुमार, दीपक कार्की, मनिषकुमार सुमन र अशोक कुमार यादवको उम्मेदवारी थियो ।
सह–महासचिवमा खुलातर्फ डा। सुरेन्द्रकुमार यादव, रामबाबु प्रसाद यादव, रामकिशोर प्रसाद यादव, राजकुमार राई, योगेन्द्र राई यादव, शैलेन्द्रप्रसाद साह, सुरेशकुमार मण्डल, डा. जय प्रकाश राई यादव र जयराम यादव तथा महिलातर्फ सीताकुमारी यादव, विनिताकुमारी यादव र निर्मला यादव उम्मेदवार थिए ।
कोषाध्यक्षमा रेणुकुमारी यादव, बलराम महतो र सञ्जयकुमार यादवको उम्मेदवारी परेको थियो । यस्तै सचिवमा ३४ जनाले उम्मेदवारी दिएका थिए । तर अब यी सबै पदमा सर्वसम्मतिले नेतृत्व तय गरिने भएको छ । त्यो काम आजै सकेर महाधिवेशन पनि अन्त्य गर्ने भने जानकारी प्राप्त भएको छ ।


