Lucky-Khabar_

प्रहरी प्रधान कार्यालयले ७ जना एस.पी.को सरुवा तथा पदस्थापन गरेको छ

३२ जेठ, काठमाडौं । नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षकको प्रहरी प्रधान कार्यालयले सरुवा तथा पदस्थापन भएको छ ।

content ad p2

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जिप्रका पश्चिम नवलपरासी भएका काजीबहादुर आचार्यलाई सरुवा गरिएको छ । नवलपरासीमा मानव बेचविखन अनुसनधान ब्युरो मानव बेचविखन अनुसन्धान शाखामा रहेका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँललाई पठाएको छ ।

मानव बेचविखन अनुसन्धान शाखामा एकनारायण कोइरालाको सरुवा भएको छ । उनी नेपालप्रहरी विपद् व्यवस्थापन कार्यालय/कार्यपरिचलन शाखामा कार्यरत थिए ।

अपराध अनुसन्धान विद्यालय मानव स्रोत व्यवस्थापन शाखामा रहेका एसपी प्रदीपबहादुर क्षेत्रीको कोशी प्रदेश प्रहरी गण, विराटनगरमा सरुवा भएको छ ।

मधेश प्रदेश प्रहरी गण जनकपुरमा रहेका हरिहरनाथ योगीलाई बागमती प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा सरुवा गरिएको छ । मधेश प्रदेश प्रहरी गणमा नारायण रञ्जितकार गएका छन्, जो नेपाल प्रहरी विद्यालय, साँगामा थिए ।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका अनन्तराम शर्माको गण्डकी प्रदेश प्रहरी गण, पोखरा सरुवा भएको छ भने जानकारी प्राप्त भएको छ ।

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर