३२ जेठ,काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ४०० रुपैयाँले घटेको बताईएको हो ।
महासंघका अनुसार आज सुन छापावाल सुन तोलामा एक लाख ४१ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बिहीबार सुनको मूल्य १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ भने आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारि आएको छ ।



