बिरगंज,चितवन जिल्लाको फिस्लिङमा कारसँग यात्रुबाहक बस ठोक्किएर त्रिशुली नदीमा खसेको छ ।

इच्छाकामना गाउँपालिकाको फिस्लिङमा विपरित दिशामा रहेको कारसँग ठोक्किएको बस नदी किनारमा खसेको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बिहान करिब ७ बजेतिर काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको कार र नेपालगञ्जबाट काठमाडौँ आउदै गरेको रात्री बस ठाक्किएका थिए । बसमा ३५ जना र कारमा ५ जना यात्रु सवार थिए ।
दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ५ जनाको अवस्था गम्भीर छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ भने जानकारी प्राप्त भएको छ ।


