Lucky-Khabar_

मुख्यसचिव बैकुण्ठ अर्यालभ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बित

१० असार, काठमाडौं । मुख्यसचिव बैकुण्ठ अर्यालअख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि  स्वतः निलम्बनमा परेका छन् । अख्तियारले आईतबार मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाई खरिदमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार मुख्यसचिव अर्याल स्वतः निलम्बित हुनुभएको हो । ऐनको त्यो व्यवस्थामा कुनै राष्ट्रसेवक थुनामा रहेकोमा अवधिभर र मुद्दा दायर भएमा त्यस्तो राष्ट्रसेवक मुद्दा किनारा नभएसम्म स्वतः निलम्बित हुने व्यवस्था छ ।अर्याल निलम्बित भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत सचिव लीलादेवी गतडौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी छन् ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् जनशक्ति व्यवस्थापन महाशाखाका सहसचिव प्रेमप्रसाद आचार्यका अनुसार कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने भन्ने व्यवस्था अनुरूप उहाँलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो ।


content ad p2

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर