Lucky-Khabar_

बहिनीलाई मारेको आरोपमा दाजु पक्राउ

११असार,वीरगञ्ज । आफ्नै बहिनीको ज्यान लिएको आरोपमा एकजना दाजुलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको परोहा नगरपालिका वडा नम्बर ८ नरकटिया टोल बस्ने २२ वर्षका दिपेन्द्र कुमार राम रहेका छन् भने जानकारी प्राप्त भएको छ ।

content ad p2

उनीमाथि आफ्नै बहिनी २० वर्षकी तेतरी कुमारी रामलाई मारेको आरोप छ । घरायसी विवादका कारणले बाँसको मुङग्रोले टाउँकोमा प्रहार गरी दिपेन्द्रले बहिनी तेतरी कुमारीको हत्या गरेका थिए । गम्भीर घाइते भएकी तेतरीको उपचारको क्रममा वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएको रौतहट प्रहरी प्रवक्ता प्रहरी डि.एस.पि. एलिजा गिरीले जानकारी दिइन् ।

पक्राउ परेकामाथि ज्यान सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीबाट जानकारी भएको छ ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर