Lucky-Khabar_

डेढ वर्षमा वीरगञ्ज महानगरपालिकाले सरसफाइ अभियानमा ३६ लाखभन्दा बढी राजस्व सङ्कलन

१२ असार,वीरगञ्ज । डेढ वर्षको अवधिमा वीरगञ्ज महानगरपालिकाले  जथाभावी फोहर फाल्ने ५९४ जनाबाट रु ३६ लाख भन्दा बढी राजस्व उठाएको  छ। वीरगञ्ज महानगरका सरसफाइ महाशाखाका प्रमुख सर्फुद्दीन मियाँका अनुसार, १८ महीनाको अवधिमा विभिन्न स्थानमा फोहर व्यवस्थापनमा अनियमितता गर्नेहरूलाई कारबाही गर्दै जरिवाना गरिएको हो।

प्रमुख मियाँले बिहान चार घण्टा, दिउँसो आठ घण्टा, र राति चार घण्टा गरी तीन शिफ्टमा निगरानी गर्ने व्यवस्था गरिएको र जथाभावी फोहर फाल्नेहरूलाई तोकिएको ठाउँबाहेक अन्यत्र फोहर फाले कारबाही भइरहेको बताए। उनले शुरूमा रु पाँच सय जरिवाना गरिएकोमा अहिले न्यूनतम रु पाँच हजार असुलउपर गरिरहेको जानकारी दिए। मानिस र परिस्थितिको आधारमा दण्ड जरिवाना हुने गरेको पनि उनले स्पष्ट पारे।

उनले महानगरपालिकामा सरसफाइ कार्य चुस्तदुरुस्त भएको दाबी गर्दै, पछिल्लो समयमा मेडिकल फोहर जथाभावी फालेबापत असार ९ गते वीरगञ्ज – ४ बिर्तास्थित मेडिकल भेललाई रु ५० हजार जरिवाना गरिएको जानकारी दिए।

प्रमुख मियाँका अनुसार, वीरगञ्ज महानगरपालिकाले विगत केही वर्षदेखि मुख्य र सहायक सडकहरूको फोहर ठेक्काबाट सङ्कलन गर्दै आएको छ भने ठेक्काबाहेकका क्षेत्रमा महानगरकै सरसफाइ शाखाले फोहर व्यवस्थापनको जिम्मेवारी लिएको छ। नारायणी अस्पताल, वीरगञ्ज कारागार, भारतीय महावाणिज्य दूतावास, जिल्ला र उच्च अदालत तथा नाला कटान गरी भएका फोहरलाई महानगरले सङ्कलन गर्दै आएको छ।

वीरगञ्ज महानगरपालिकाले १८ महिनामा जथाभावी फोहर फाल्ने ५९४ जनाबाट रु ३६ लाख जरिवाना असुल, तीन शिफ्टमा निगरानी गरी तोकिएको ठाउँबाहेक अन्यत्र फोहर फाल्नेलाई कारबाही, न्यूनतम रु ५ हजारदेखि रु ५० हजारसम्म जरिवाना, फोहर व्यवस्थापनमा महानगरपालिकाले अपनाएको कडा नीति र जरिवानाका कारण शहरमा सरसफाइ कार्यमा उल्लेख्य सुधार आएको छ भने जानकारी प्राप्त भएको छ।

content ad p2

सम्बन्धित खबर

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा फसेकाको खोजी तीव्र, भग्नावशेष पन्छाउँदै उद्धार टोली

लक्की खबर

रोकिएको पर्सा यातायात कार्यालयको भवन निर्माण तत्काल अघि बढाउने मन्त्री थापाको प्रतिबद्धता

लक्की खबर

JHARIMAI CONSTRUCTION ले सुरु गर्‍यो निर्माण सेवा

लक्की खबर