१२ असार,विराटनगर । अविरल वर्षाका कारण विराटनगरका आधिकांश वडा डुबानमा भएका छन् ।

पानीको सतह बढेसँगै महानगरका १९ वडा मध्ये १२ वडा डुबानमा परेका हुन् । प्रभावित क्षेत्रका ५ सय बढी परिवारलाई उद्धार गरी सुरक्षित स्थानमान लगिएको विराटनगर महानगरपालिकाले बताएको छ ।
महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार डुबानमा परेका बस्तीका मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा लौजानेक्रम जारी रहेको बताए । उनले महानगर भित्र १२ सय बढी परिवार डुबानबाट प्रभावित भएको जानकारी दिए ।


