Lucky-Khabar_

बालेनको अर्को कमाल, सडक भासिएको दुई दिनमै सञ्चालनमा ल्याए पृथ्वी राजमार्ग !

त्रिशूली नदीको कटानका कारण धादिङको गजुरी गाउँपालिका–५, गलौँदीमा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुई दिनमै सञ्चालनमा आएको छ। नयाँ ट्रयाक निर्माण गरी शनिबार मध्यरातदेखि सवारीसाधन आवागमन खुलाइएसँगै अलपत्र परेका यात्रुले राहत पाएका छन्।

content ad p2

सडक सञ्चालनमा ल्याउन रातदिन काम गरिएको थियो। नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) का प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार, ६ वटा एक्साभेटर, दुईवटा लोडर र दुईवटा ब्याकहो लोडर परिचालन गरी करिब १५७ मिटर लामो नयाँ ट्रयाक निर्माण गरिएको हो। उक्त ट्रयाक ६ मिटर चौडा र १२ मिटरसम्म अग्लो भित्ता काटेर तयार पारिएको छ।

नदी कटानका कारण सडकको करिब ६० मिटर भागमा चिरा परेको थियो भने ३५ मिटर सडक पूर्ण रूपमा भासिएको थियो। थप जोखिम देखिएपछि शुक्रबारदेखि यातायात बन्द गरिएको थियो। अहिले सवारी सञ्चालनसँगै बाँकी माटो हटाउने र ग्राभेल गर्ने काम जारी छ।

काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख राजमार्ग खुल्दा चाडपर्वको समयमा यात्रा गर्ने हजारौँ यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ। लामो समय रोकिएका सवारीसाधन एकैपटक अघि बढ्दा गलौँदी क्षेत्रमा केही चाप देखिए पनि ट्राफिक प्रहरीले व्यवस्थापन गरिरहेको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर