Lucky-Khabar_

कलाकार संघको स्वस्तिमा र साम्राज्ञीलाईचेतावनी,भुल्नुहुँदैन कलाकारले सामाजिक दायित्व

१३ असार,काठमाडौं । नेपाल चलचित्र कलाकार संघले टिभी कार्यक्रम ‘इट्स माइ शो’ मा अभिनेत्रीहरु स्वस्तिमा खड्का र साम्राज्ञी शाहले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएको  छ ।

content ad p2

संघले बुधबार विज्ञप्ति जारी गर्दै आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मानमर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई उक्त अभिव्यक्तिले लत्याएको बताएको छ ।

टेलिभिजन कार्यक्रमको प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारले दिएको अभिव्यक्ति अमर्यादित, अशोभनीय र गैरजिम्मेवारपूर्ण भएको संघको ठहर छ ।

‘उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेशा , वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ,’ संघका अध्यक्ष मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ एउटा सार्वजनिक कार्यक्रम मार्फत अरुको अपहेलना गर्नु, मानमर्दन गर्नु न्यायसंगत ठहर्दैन र हुनु  हुँदैन पनि ।’

संघले यसअघि पनि केही कलाकारले सामाजिक मर्यादा र अनुशासन विपरीत आचारसंहिता पालना नगरी अभिव्यक्ति दिएकोमा संघले सचेत गराएको समेत उल्लेख भएको छ ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इट्स माइ शो’ को पछिल्लो एपिसोडमा होस्ट ओसिन सिटौला, अतिथि अभिनेत्रीहरु स्वस्तिमा खड्का र साम्राज्ञी शाहको कलाकारको  व्यक्तिगत विषय उठाइएको भन्दै  तीव्र आलोचना भइरहेको छ ।

सम्बन्धित खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर

सिनेमा हलमा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न चलचित्र विकास बोर्डको चेतावनी

लक्की खबर