Lucky-Khabar_

कलाकार संघको स्वस्तिमा र साम्राज्ञीलाईचेतावनी,भुल्नुहुँदैन कलाकारले सामाजिक दायित्व

१३ असार,काठमाडौं । नेपाल चलचित्र कलाकार संघले टिभी कार्यक्रम ‘इट्स माइ शो’ मा अभिनेत्रीहरु स्वस्तिमा खड्का र साम्राज्ञी शाहले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएको  छ ।

content ad p2

संघले बुधबार विज्ञप्ति जारी गर्दै आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मानमर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई उक्त अभिव्यक्तिले लत्याएको बताएको छ ।

टेलिभिजन कार्यक्रमको प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारले दिएको अभिव्यक्ति अमर्यादित, अशोभनीय र गैरजिम्मेवारपूर्ण भएको संघको ठहर छ ।

‘उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेशा , वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ,’ संघका अध्यक्ष मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ एउटा सार्वजनिक कार्यक्रम मार्फत अरुको अपहेलना गर्नु, मानमर्दन गर्नु न्यायसंगत ठहर्दैन र हुनु  हुँदैन पनि ।’

संघले यसअघि पनि केही कलाकारले सामाजिक मर्यादा र अनुशासन विपरीत आचारसंहिता पालना नगरी अभिव्यक्ति दिएकोमा संघले सचेत गराएको समेत उल्लेख भएको छ ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इट्स माइ शो’ को पछिल्लो एपिसोडमा होस्ट ओसिन सिटौला, अतिथि अभिनेत्रीहरु स्वस्तिमा खड्का र साम्राज्ञी शाहको कलाकारको  व्यक्तिगत विषय उठाइएको भन्दै  तीव्र आलोचना भइरहेको छ ।

सम्बन्धित खबर

५ करोड डलरको हिराजडित ब्रा लगाउँदै काइली जेनरको भिक्टोरियाज सेक्रेट फेसन शोमा डेब्यु

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर