Lucky-Khabar_

भारतीय पर्यटकलाई सुरक्षा निकायको व्यवहारका कारण मधेशमाआउन कठिनाई भएको छ : मुख्यमन्त्री सिंह

१२ असार,वीरगञ्ज । मधेशका मुख्यमन्त्री सतिस कुमार सिंहले  मधेशमा भारतीय पर्यटकलाईसुरक्षा निकायको व्यवहारले गर्दा   आउन कठिनाई भएको  छ।घुमौं मधेश, बुझौं मधेश नाराका साथ आज बीरगन्जमा आयोजित सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले  बताए |

content ad p2

राज्यले यी विषयहरुप्रति गम्भीरतापूर्वक ध्यान दिनुपर्ने जरुरी रहेको उनको तर्क छ । मुस्कानसहितको प्रहरीले सेवा प्रवाह गरे धेरै समस्या समाधान हुनेछ  । भारतीय पर्यटकहरु बढी आए देशको राजश्वमा ठूलो टेवा पुग्नेछ भने  उनको भनाई  छ ।

मधेशमा आउने पर्यटकलाई ‘होल्ड’ फोकस भएर काम गर्न जरुरी रहेको उनको भनाइ छ । उनी भन्छन्,‘यसका लागि प्रदेश सरकारले काम गरिरहेको छ, अब पब्लिकबाट पनि त्यही अनुसारको योजनाहरु ल्याइनु पर्दछ । अनि सबैको सहकार्यमा यो अभियानलाई सफल बनाउँन सकिन्छ ।’

अहिलेको प्रदेश सरकार रेस्ट गर्ने सरकार नभएकोले प्रदेशको विकासका लागि हुने सबै सकारात्मक कार्यमा सरकार हातेमालो गर्न तयार रहेको मुख्यमन्त्री सिंहको प्रष्टोक्ति छ ।

पर्यटन मन्त्री युवराज भट्टराइ (समीर) ले प्रदेश सरकारले पर्यटन भित्र्याउन हरेक पहलको थालनी गरेको बताए । त्यही रणनीति अनुसार प्रदेश सरकारले २०८२ लाई भिजिट मधेशको नारा ल्याएको उनले जनाए । पर्यटन मन्त्री युवराज भट्टराइको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसदहरु जनार्दन सिंह क्षेत्री, श्याम पटेल, रहबर अन्सारीसहितकाले आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

लक्की खबर

एमाले वीरगञ्ज महानगर कमिटी अध्यक्षमा सुन्दरप्रसाद कुर्मी नियुक्त

लक्की खबर