Lucky-Khabar_

एकै सामुदायिक विद्यालयका दुई विधार्थीले ल्याए एसईईमा ४ जीपीए

१३ असार,पूर्वी नवलपरासी — माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पूर्वी नवलपरासीको एकै सामुदायिक विद्यालयका दुई विद्यार्थीले ४ जीपीए ल्याएका  परिक्षा बोर्डले जनाएका छन्  ।

content ad p2

मध्यबिन्दु नगरपालिका चोरमारामा रहेको नवजागरण माध्यमिक विद्यालयका प्रतिक ज्ञवाली र सौगात पोख्रेलले ४ जीपीए अंक ल्याएका हुन् । जिल्लामै ४ जीपीए ल्याउने यी दुई मात्र हुन् । यो विद्यालयबाट ८२ विद्यार्थी पास भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ पूर्वी नवलपरासीका प्रमुख रुद्र शर्माका अनुसार २०८० को एसईईमा पूर्वी नवलपरासीबाट एसईई दिने ६ हजार १ सय १५ थिए । तीमध्ये २ हजार नौ सय ६८ उत्तीर्ण भएका छन् । जिल्लामा रहेका १ सय ३९ माध्यमिक विद्यालय मध्ये ८९ सामुदायिक विद्यालय छन् भने जानकारी प्राप्त भएको  छ ।

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर