Lucky-Khabar_

केन्द्रीय समिति रास्वपाको बैठक जारी

२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा जारी बैठकले पार्टी महामन्त्री मुकुल ढकालमाथिको कारबाहीबारे निर्णय लिने छ ।

content ad p2

पार्टीको अनुशासन र मर्यादा उल्लंघन गरेको आरोपमा ढकाल निलम्वित छन् । २० असारमा बसेको केन्द्रीय समितिको बैठकले अनुशासन आयोगको सुझावका आधारमा ढकाललाई एक साताका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । साथै थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।

सोही निर्देशन अनुसार अनुशासन आयोगले प्रतिवेदन पार्टीलाई बुझाएको थियो । आजको बैठकमा अनुशासन आयोगको प्रतिवेदनमा छलफल गर्ने एजेण्डा छ भनी जानकारी प्राप्त भएको छ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर