Lucky-Khabar_

पहिरो जान लागेको कसरी थाहा पाउने ? यस्ता छन् उपाय

२५ असार, देशभरि अहिले बाढीपहिरोको चपेटामा छ। अविरल वर्षाका कारण आएको बाढी, पहिरोलगायत विपद्‍मा परी गत जेठ २८ गतेदेखि आजसम्म ४८ जनाको मृत्यु भइसकेकव छ। कतिपय ठाउँमा अहिले पनि वर्षा भइरहेको छ र बाढीपहिरोको जोखिम कायमै रहेको छ।

प्राकृतिक विपद्‍लाई टार्न सकिँदैन तर सावधानी अपनाउन भने सकिन्छ। बाढीपहिरोका पूर्वसंकेतहरु पहिचान गरी सतर्कता अपनाउन सकिन्छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो आउन लागेको निम्न संकेटले थाहा पाउन सकिन्छ-
(१) जमिन भुक्क फुल्नु, भासिनु, चिरा पर्नु, धाँजा फाट्नु
(2) रुख, बिजुलीको पोल वा घरका खाँबा ढल्किनु
(३) घरको भित्ता, पर्खालमा चिरा देखिनु
(४) जमिनभित्रबाट पलाउने पानी धमिलो हुनु
(५) चट्टान फुटेजस्तो कट्‍कट् आवाज आउनु

content ad p2

सम्बन्धित खबर

सर्वदलीय बैठक सुरु, उच्चस्तरीय संयन्त्र गठन मुख्य एजेन्डा

लक्की खबर

विदेशमा समेत निर्यात हुन थाल्यो डीडीसीको घिउ

लक्की खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर