Lucky-Khabar_

मार्सीभात खुवाएर पनी ऋण मिनाहा भएन: दुर्गा प्रसाईं

काठमाडौं, असोज २५-विवादस्पद व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूले विगतमा शीर्ष नेताहरूलाई मार्सी चामलको भात खुवाए पनि आफ्नो ऋण मिनाहा नभएको गुनासो गरेका छन्।
उनले भूतपूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो घरमा बोलाएर मार्सी चामलको भात खुवाएको प्रसंग उल्लेख गर्दै नेताहरूलाई खुसी पार्दा समेत बैंक तथा वित्तीय संस्थाको ऋणको पासोबाट आफू मुक्त हुन नसकेको बताएका छन्।
प्रसाईंले भने, “मार्सीभात केपी ओली र प्रचण्डलाई खुवाएर पनि मेरो ऋण मिनाहा भएन, उल्टै ममाथि नै दबाब बढ्यो।”पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर र ऋण वृद्धिका कारण आफू समस्यामा परेको भन्दै उनले शीर्ष नेताहरूको आलोचना गर्दै आएका छन्।
स्मरण रहोस्, यस अघि २०७५ सालमा प्रसाईंले भक्तपुरस्थित आफ्नो निवासमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षद्वय ओली र प्रचण्डलाई मार्सी चामलको खाना खुवाएका तस्बिरहरू सार्वजनिक भएपछि यो विषय नेपाली राजनीतिमा निकै चर्चामा आएको थियो।

content ad p2

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर