Lucky-Khabar_

पर्यटक भिसाको दुरुपयोग गरी धर्म प्रचारमा संलग्न २४ दक्षिण कोरियाली नागरिक मोरङबाट पक्राउ

विराटनगर:- पर्यटक भिसामा नेपाल आएर नियमविपरीत धार्मिक प्रशिक्षण तथा प्रचारप्रसारमा संलग्न रहेको आरोपमा २४ जना दक्षिण कोरियाली नागरिक पक्राउ परेका छन्। मोरङको सुन्दरहरैँचा नगरपालिका–७, मालती मार्गस्थित ‘नेपाल न्यू कोभेनन्ट कलेज’ मा धार्मिक कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
स्थानीय बासिन्दाको उजुरी र विशेष सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय तथा प्रहरीले उनीहरूमाथि दुई दिनदेखि निगरानी बढाएको थियो。 पर्यटक भिसामा आएर अनुमतिविपरीत धार्मिक गतिविधि र प्रशिक्षणमा संलग्न भएको पाइएपछि शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।
कलेजको पृष्ठभूमि र तालिका प्राप्त विवरण अनुसार पक्राउ परेका कोरियाली नागरिकहरू गत असोज २० र २१ गते काठमाडौं हुँदै विराटनगर आएका थिए। उनीहरूको अक्टोबर १२ सम्म मोरङमै बसेर कलेजद्वारा आयोजित विभिन्न धार्मिक कार्यक्रम तथा तालिममा सहभागी हुने कार्यतालिका रहेको थियो।
‘लभ नेपाल मिसन’ को सहयोगमा सञ्चालित उक्त नेपाल न्यू कोभेनन्ट कलेजमा धर्मशास्त्रसम्बन्धी अध्ययन–अध्यापन हुँदै आएको र प्रमाणपत्र तहदेखि विद्यावारिधिसम्मको धार्मिक शिक्षा प्रदान गर्ने दाबी गरिँदै आएको छ।
थप अनुसन्धान र कारबाहीका लागि अध्यागमन विभाग
भिसाको उद्देश्यविपरीत गतिविधि गरेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएका २४ वटै (दक्षिण कोरियाली) नागरिकलाई शुक्रबार राति नै काठमाडौंस्थित अध्यागमन विभाग पठाइसकेको छ।
अध्यागमनसम्बन्धी प्रचलित कानुन अनुसार पर्यटक भिसामा आएका विदेशीले अन्य गैरकानूनी गतिविधि वा उद्देश्यविपरीत काम गरेको ठहरेमा निष्कासन (डिपोर्ट) लगायतका कानुनी कारबाही हुन सक्नेछ। प्रहरीको नियन्त्रणमा पर्नु मात्रै कसुर प्रमाणित हुनु नभएकाले उनीहरूमाथि लागेको आरोप र भिसा सर्तको उल्लंघनबारे अन्तिम निर्णय अध्यागमन विभागको अनुसन्धानपछि मात्र हुनेछ।

content ad p2

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर