Lucky-Khabar_

विनाशकारी बाढीपछि बेत्रावतीमा नेपाली सेनाको सफलता: रसुवातर्फ जोडियो बेलीब्रिजको संरचना

बेत्रावती — विनाशकारी बाढीले रसुवा र नुवाकोट जोड्ने मुख्य बेत्रावती (फलाखु खोला) को पुल बगाएको ४५ दिनपछि अन्ततः नेपाली सेनाले रसुवातर्फ पुलको संरचना टेकाउन सफल भएको छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले पासाङल्हामु राजमार्गअन्तर्गत बेत्रावतीमा रहेको पक्की पुल बगाएपछि दुई जिल्लाबीचको प्रत्यक्ष सडक सम्पर्क विच्छेद भएको थियो। सडक सञ्जाल कटिँदा रसुवा जिल्लाका बासिन्दाको दैनिक जनजीवन, व्यापार, स्वास्थ्य सेवा तथा खाद्यान्न ढुवानी पूर्ण रूपमा प्रभावित बनेको थियो।
विपद्को कठिन परिस्थितिमा पनि नेपाली सेनाको इञ्जिनियरिङ टोली रातदिन निरन्तर खटिएर बेलीब्रिज निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाएको छ। विकट भूगोल, हिलो र जटिल अवस्थाका बाबजुद सेनाले दुवैतर्फ पहुँच मार्ग तयार गर्दै पुलको मुख्य संरचना अर्कोतर्फ जोड्न सफल भएको हो।
स्थानीयवासीका अनुसार यो पुल केवल सवारी साधन आवतजावतको माध्यम मात्र नभई रसुवा र नुवाकोटका नागरिकको जीवन, दैनिक व्यापार, शिक्षा र स्वास्थ्य सेवासँग जोडिएको महत्त्वपूर्ण आधार रेखा हो।
पुलको संरचना रसुवातर्फ जोडिएसँगै अब छिट्टै यातायात सञ्चालनमा ल्याइने नेपाली सेनाले जनाएको छ। विपद्का बेला नेपाली सेनाले देखाएको लगनशीलता, कडा मिहिनेत र समर्पणप्रति स्थानीय नागरिक तथा जनप्रतिनिधिहरूले उच्च सम्मान र धन्यवाद व्यक्त गरेका छन्।

content ad p2

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर