Lucky-Khabar_

बूढानीलकण्ठमा सुन धन्दा : साढे दुईतले घर भाडामा लिएर सुन प्रशोधन, पक्राउ पर्ने सबै चिनियाँ नागरिक

 

काठमाडौंको बूढानीलकण्ठमा भाडाको घरमा सुन प्रशोधन भइरहेको अवस्थामा प्रहरीले करिब २१ किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले बिहीबार साँझ घरमा छापा मारेको हो।

content ad p2

प्रहरीका अनुसार छापा मार्दा सुन गाल्ने काम भइरहेको थियो। घरबाट सुन गाल्ने, गुणस्तर जाँच्ने तथा विभिन्न आकारमा ढाल्ने उपकरणसमेत बरामद भएका छन्। घरमा च्यानल गेट र सीसीटीभी जडान गरी सुन प्रशोधन गर्ने व्यवस्था मिलाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरी अधिकारीका अनुसार सुन ठोस र तरल दुवै स्वरूपमा ल्याएर आवश्यकताअनुसार विभिन्न आकारमा ढाल्ने गरिएको आशंका छ। सुन कहाँबाट ल्याइन्थ्यो, कसलाई आपूर्ति गरिन्थ्यो र यसमा अरूको संलग्नता छ कि छैन भन्नेबारे अनुसन्धान भइरहेको छ।

बरामद सुनको वास्तविक परिमाण र गुणस्तर यकिन गर्न सम्बन्धित प्राविधिक निकाय तथा सुनचाँदी व्यवसायीका प्रतिनिधिको सहयोगमा परीक्षण भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर