Lucky-Khabar_

राखी सावन्तको उपचार खर्च तिर्न पुगे सलमान खान

बलिउडकी ड्रामा क्विन राखी सावन्त यतिबेला दुबईमा आराम गरेर बसिरहेकी छिन् । उनी पापाराजीको क्यामराबाट टाढा छिन् । तर पनि उनी हेडलाइनमा छाइरहेकी छिन् ।
हालै मात्र अभिनेत्रीको शल्यक्रिया गरिएको थियो । पेटबाट १० सेमी लामो ट्युमर निकालिएको थियो । यो शल्यक्रियाको बिल बलिउड अभिनेता सलमान खानले तिरेका छन् ।

content ad p2

राखी सलमानको निकै ठूलो फ्यान हुन् । राखीका पूर्व पति रितेशले पनि केही अघि अभिनेत्रीको स्थिति निकै नाजुक रहेको र उनको बिरामी नाटक नभएको बताएका थिए । शुरुमा राखीलाई हर्ट अट्याक भएको बताइएको थियो । तर जाँचको क्रममा उनमा अनेकौं स्वास्थ्य समस्या देखियो । यसमध्ये एक चाहिँ पेटमा ट्युमर थियो । यो अप्ठ्यारो स्थितिमा सलमानले आफूलाई सहायता गरेको उनले बताएकी छिन् ।

आफूले सहयोग नमागे पनि उनी आफैं आएर अस्पतालको बिल चुक्ता गर्न मद्दत गरेको राखीले बताएकी छिन् । ‘उनी आफ्नाहरूलाई कहिले पनि भुल्दैनन् । कसैलाई नबताइकन मद्दत गर्छन् । उनले मेरो मेडिकल बिल तिर्न पनि मद्दत गरे,’ राखीले टेली टक इन्डियालाई दिएको एक अन्तरवार्तामा भनेकी छिन् । यो अप्ठ्यारो परिस्थितिमा आफ्ना पूर्व पति रितेशले पनि आफूलाई निकै साथ दिएका राखीले बताइन् ।एजेन्सी

सम्बन्धित खबर

५ करोड डलरको हिराजडित ब्रा लगाउँदै काइली जेनरको भिक्टोरियाज सेक्रेट फेसन शोमा डेब्यु

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर