२६ असार, काठमाडौं । लिओनल मेसीले कोपा अमेरिका २०२४ मा पहिलो गोल गर्दा अर्जेन्टिनाले क्यानलाई २-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका छन् ।

मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाका लागि मेसी र जुलियन अल्भारेजले गोल गरे ।

अर्जेन्टिनाले अब कोलम्बिया र उरुग्वेबीचको खेलको विजेतासँग उपाधिका लागि खेल्नेछ । साविक विजेता अर्जेन्टिना लगातार तीन ठूला प्रतियोगिता जित्ने लक्ष्यमा छ । २०२१ मा कोपा जितेको रअर्जेन्टिनाले २०२२ मा फिफा विश्वकप उपाधि जितेको थियो ।
खेलको २१औं मिनेटमा अल्भारेजले रोड्रिगो डे पउलको पासमा गोल गर्दै अर्जेनटिनालाई अग्रता दिलाएका थिए ।एजेन्सी


