रौतहट, २५ अषाढ । यातायात व्यवस्था सेवा कार्यालय गौरबाट सवारी चालक अनुमति पत्र आर्थिक चलखेलको भरमा बनाउने कार्य भएको छ ।
कार्यालयका कर्मचारीहरुकै मिलेमतोमा सवारी चालक अनुमति पत्रको खुलेआम व्यापार हुन थालेको हो । कार्यालय प्रमुख अमरेन्द्र दास समेतको मिलेमतोमा बिचौलियाको प्रयोगबाट सेवाग्राहीहरुबाट १० देखी ३० हजार मूल्यमा लाइसेन्स विक्रि भएको छ ।
सवारी चालक अनुमति पत्र लिन अहिले देशका अधिंकाश स्थानहरुबाट सेवाग्राहीहरु गौर आउन थालेका छन । लाइसेन्सको लिखित तथा ट्रायल परिक्षा हुने दिन रौतहट भन्दा बाहिरका व्यक्तिहरु बढी मात्रामा उपस्थीत हुने गरेका छन । मो.सा.(दुई पांग्रे)१० देखी १५ हजार र कार,जिप(चार पाङ्ग्रे) सवारी साधनको २० देखी ३० हजार रकम खर्च गरेर गौरबाट सजिलै लाईसेन्स निकाल्न सकिन्छ| काठमाण्डौं देखि गौर आएका लाइसेन्स बनाउन एक सेवाग्राहीले भने मसित् २० हजार लिएको छ । अरु सँग २८ हजार सम्म रकम उठाएका छन |
यातायात कार्यालयले सम्पर्कमा राखेका बिचौलिया मार्फत कार्यालय प्रमुख दासले मोटरसाइकल बापत ५ हजार र चार पाङग्रे सवारी साधन बापत १० हजार प्रति लाइसेन्स कमिसन लिने गरेको श्रोत बताउछ ।
कर्मचारी र बिचौलियाको साठगाँठमा अवैध रुपले लिखित र ट्रायल परिक्षाको सेटिङ्गमा सेवाग्राही बाट रकम असुल हुने गरेको छ ।
सवारी चालक अनुमति पत्रका लागी सेवाग्राहीबाट लिएको रकम कार्यालय प्रमुख, कर्मचारी, ट्राफिक प्रहरीलाई बाडफाड हुने गरेको छ । रकम नदिएर आफ्नौ क्षमतामा लिखित तथा ट्रायल दिनेहरुलाई कर्मचारीले अनुतिर्ण बनाउने गरेका छन भने रकम दिएकै भरमा सवारी साधन प्रयोग गर्न नआउने व्यक्तिहरुलाई समेत खुलेआम रुपमा लाइसेन्स विक्रि गरिएको छ भनि सुचना प्राप्त भएको छ ।
गौरमा रहेको सो कार्यालयको मिलेमतोमा रकम उठाउने काम गर्ने चितवनका बिचौलिया रमेश पाठक लाई सेवाग्राहि संग पैसा लिएर लाईसेन्स बनाई दिने गरेको आरोपमा रौतहट प्रहरीले २ महिना अगाडि नियन्त्रणमा लिएको थियो ।
यातायात कार्यालयले भने कुनै रकमी चलखेल नभएको दाबी गर्दै आएको छभनि गौरबाट कमलेश पटेलले व्जानाकारी दिएको छ । यस सम्बन्धमा कार्यालय प्रमुख अमरेन्द्र दाससँग सम्पर्क गर्न खोज्दा उनीसित् हुन् सकेन ।



