Lucky-Khabar_

मधेश सरकारको १९ अर्ब ५२ करोड बराबरको बजेट फ्रिज

२६ असार,वीरगञ्ज । मधेश प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ मा १९ अर्बभन्दा बढी रकम फ्रिज भएको छ । प्रदेश सरकारको १९ अर्ब ५२ करोड १ लाख रुपैँया फ्रिज भएको हो । अर्थात् प्रदेश सरकारको ४४ दशमलव २५ प्रतिशत रकम फ्रिज भएको हो ।

content ad p2

मधेश सरकारले चालु आवका लागि ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । जसमध्ये २४ अर्ब ५९ करोड ४५ लाख मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । यो जुन कुल बजेटको ५५.७५ प्रतिशत मात्र हो ।

मधेश सरकारले चालुतर्फ १८ अर्ब ५३ करोड ८८ लाख विनियोजन गरेकोमा ९ अर्ब २९ करोड ७० लाख २ खर्च गरेको छ । पुँजीगत तर्फको २५ अर्ब ५७ करोड ५७ लाखमध्ये १५ अर्ब २९ करोड ७५ लाख रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यसअघि आर्थिक वर्ष २०७९/८० ४२.५८ प्रतिशत बजेट फ्रिज भएको थियो ।

आर्थिक वर्ष २०७८÷७९ मा आधा बजेट नै फ्रिज भएको थियो । उक्त वर्ष ३४ अर्ब ८८ करोड ९८ लाखमध्ये १७ अर्ब ७६ करोड ३६ लाख बजेट मात्र खर्च भएको थियो ।एजेन्सी

सम्बन्धित खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

रक्सौल नाकामा सामान किन्न जाने नेपालीहरूको ठूलो भीड, यता नेपाली व्यापारी भने व्यापार नचल्दा चिन्तित!

लक्की खबर