Lucky-Khabar_

मधेश र कोशी दुवै प्रदेशलाई एउटै बनाउँदा हुन्छ : पूर्वमुख्यमन्त्री कार्की

२७ असार,वीरगञ्ज । मधेस प्रदेश र कोशी प्रदेशलाई कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले एउटै प्रदेश बनाउँदा हुने बताए ।

content ad p2

वीरगञ्जमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमुख्यमन्त्री कार्कीले मधेस पहाड हिमालको समानान्तर विकासका लागि कोशी र मधेसलाई एउटा प्रदेश बनाउनुपर्ने बताए । मधेस प्रदेश र कोशी प्रदेशलाई एउटा प्रदेश बनाउँदा कोशी प्रदेशमा भएका पहाडी र हिमाली जिल्लाहरु पनि मधेससँग जोडिने र यसले संघीयता पनि बलियो हुने र काठमाडौंलाई पनि दबाव दिन सकिने धारणा व्यक्त गरे ।

नेपालको वर्तमान राजनीतिक अवस्थाको बारेमा बोल्दै पूर्वमुख्यमन्त्री कार्कीले सरकार गठनको बारेमा अदालतले स्थापित गरेको नजिर अनुसार नै अबको सरकार गठन हुने बताउनुभयो । संविधानको विषयमा व्याख्या गर्ने संविधानविदहरु पनि अहिले विभाजित भएको अवस्थामा प्रदेश सरकारहरुको गठन सम्बन्धमा गरिएको फैसलाहरुले पनि अबको सरकार धारा ७६ को २ बाटै बन्छ भन्नेमा विश्वस्त रहेको बताउनुभयो । तर, यसले विकास र अधिकारको एजेण्डा भने नबोक्ने बताए ।

काठमाडौंले बाहिर अधिकार दिने मानसिकता नरहेको उहाँले बताउनुभयो । संघीय सरकारले संविधान कार्यान्वयन भन्दापनि सरकार बनाउने र ढाल्ने खेलमा मात्रै अल्झि रहेको टिप्पणी गर्नुभयो ।

नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सचिव अशोक तिवारी, पत्रकार महासंघका केन्द्रीयसचिव दीपेन्द्र चौहान लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर