Lucky-Khabar_

खोलामा झरेको बसको झ्यालबाट हामफालेका यात्रुको बयान- म त बाँचेँ, सँगैका साथी बेपत्ता भए

२८ असार,चितवन। काठमाडौंबाट रौतहटको गौर आइरहेको बा.प्र.०३-००३ख२४९५गणपती डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाउँदा तीन जना यात्रुले हामफालेर आफ्नो ज्यान जोगाउन सफल भएका छन् ।

content ad p2

रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना छन् । उनीहरुलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसमा चढाइ नारायणगढ पुर्‍याइएको छ ।

अर्को बस चढेर नारायणगढतर्फ जाँदै गर्दा सिसवाधमौराका एक यात्रुले घटनाबारे भनेको भिडियो अनलाइनखबरलाई प्राप्त भएको छ । ती यात्रुले बस खस्न थालेपछि आफू क्याबिनतिरको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् । अरु दुई जनाले पनि त्यसैगरी ज्यान जोगाएका छन् ।

ती यात्रुका अनुसार उनीसँगै क्याबिनमा चार जना पनि थिए । उनले आफूसँगैका यात्रु र आफ्ना झोलासहितका सामान बेपत्ता भएको बताएका छन् ।
एक भिडियोमा उनलाई अरु यात्रुहरुले ‘सामानको के कुरा ज्यान जोगिनु ठूलो कुरा हो’ भन्दै सम्झाएको सुनिन्छ ।
आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।


चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ । यद्यपि यात्रुहरुको एकिन विवरण भने थाहा हुन सकेको छैन ।
पहिरोमा परेर बससहित यात्रुहरु त्रिशूली नदीमा बेपत्ता भएको प्रहरीले जनाए ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर