Lucky-Khabar_

मन्त्री राजकुमार गुप्ता आज वीरगञ्ज आउँने , सम्मानमा खर्च नगर्न आग्रह

८ साउन, वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता आज वीरगञ्ज आउँदै हुनुहुन्छ। उनी मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पर्सा आउन लागेका हुन् ।

content ad p2

उनले आफ्नो आधिकारिक फेसबुक प्रोफाईलमा एक स्टाटस् लेख्दै आफुलाई फुलमाला सहित स्वागत तथा सम्मानका लागी सिमरा विमानस्थल नआईदिन सबै जनसमुदायलाई आग्रह गरेका छन् ।

आज दिउँसो १ बजे नेकपा एमाले जिल्ला कमिटि पर्साले मन्त्री गुप्ताको स्वागतमा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा पनि फुलमाला, खादा लगायत अन्य स्वागत तथा सम्मानका लागि प्रयोग हुने सामान नल्याउन आफ्ना शुभचिन्तकहरुलाई फेसबुक स्टाटस् मार्फत मन्त्री गुप्ताले आग्रह गरेका छन् ।

पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद एवम नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका गुप्ता प्रथम पटक मन्त्री बन्नु भाका-भएका हुन् ।
मन्त्री बन्ने लगतै स्वागत तथा सम्मानका लागि घुईचो लाग्ने पहिलाका मन्त्रीहरुसँग भएका कृयाकलापलाई दृष्टिगत गर्दै गुप्ताले भने – अहिले होइन ,राम्रा काम गरे त्यही बेला खादा, माला लगाउनु होला अहिले सम्मानमा खर्च नगर्न आग्रह गरेका हुन् ।

सम्बन्धित खबर

नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशन आइतबार, तयारी पूरा

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर