Lucky-Khabar_

मन्त्री राजकुमार गुप्ता आज वीरगञ्ज आउँने , सम्मानमा खर्च नगर्न आग्रह

८ साउन, वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता आज वीरगञ्ज आउँदै हुनुहुन्छ। उनी मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पर्सा आउन लागेका हुन् ।

content ad p2

उनले आफ्नो आधिकारिक फेसबुक प्रोफाईलमा एक स्टाटस् लेख्दै आफुलाई फुलमाला सहित स्वागत तथा सम्मानका लागी सिमरा विमानस्थल नआईदिन सबै जनसमुदायलाई आग्रह गरेका छन् ।

आज दिउँसो १ बजे नेकपा एमाले जिल्ला कमिटि पर्साले मन्त्री गुप्ताको स्वागतमा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा पनि फुलमाला, खादा लगायत अन्य स्वागत तथा सम्मानका लागि प्रयोग हुने सामान नल्याउन आफ्ना शुभचिन्तकहरुलाई फेसबुक स्टाटस् मार्फत मन्त्री गुप्ताले आग्रह गरेका छन् ।

पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद एवम नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका गुप्ता प्रथम पटक मन्त्री बन्नु भाका-भएका हुन् ।
मन्त्री बन्ने लगतै स्वागत तथा सम्मानका लागि घुईचो लाग्ने पहिलाका मन्त्रीहरुसँग भएका कृयाकलापलाई दृष्टिगत गर्दै गुप्ताले भने – अहिले होइन ,राम्रा काम गरे त्यही बेला खादा, माला लगाउनु होला अहिले सम्मानमा खर्च नगर्न आग्रह गरेका हुन् ।

सम्बन्धित खबर

तिलोत्तमा नगरपालिकाको महत्वपूर्ण निर्णय: भूमिहीन र अव्यवस्थित बसोबासीको बस्ती नहटाउने घोषणा

लक्की खबर

उपत्यकासहित देशका विभिन्न भागमा वर्षाको सम्भावना: सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह

लक्की खबर

कर्मचारीलाई राजनीति नगर्न सरकारको कडा निर्देशन: ‘उल्लंघन गरे तत्काल जागिर जाने’

लक्की खबर