Lucky-Khabar_

नेपालमा प्रत्येक दिन ९७ वटा सवारी दुर्घटना, ७ जनाको अकाल्मय मृत्यु

८,साउन|नेपालमा हरेक दिन औसत ९७ वटा सानाठूला गाडी दुर्घटना हुने गरेका पाइएको छ । नेपाल प्रहरीको तथ्याङ्क विश्लेषणअनुसार दैनिक हुने ९७ वटा दुर्घटनामा औषतमा सात जनाको ज्यान जाने गरेको छ ।
८८ जना घाइते हुने गरेका नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँकाअनुसार गएको आर्थिक वर्ष नेपालमा ३५ हजार चार सय चार वटा गाडी दुर्घटना भएका छन् ।

त्यस्तैसडक दुर्घटना अनेक किसिमको कमि कमजोरीले भए पनि मुख्य सबभन्दा धेरै गल्ति सवारी चालकको हुन्छ| धेरैजसो चालकलाई जनचेतना भएपनि मा.प.से.गरेको,घमण्ड गरि सवारीचलाएको र दुर्डघटना हुन्छ भनि डर नभएकोले पुर्व प्र.ना.नि. राम आर्यको निष्कर्ष छ|
सवारी चालकहरुलाई “होसगारी सवारी चलाए ज्यान जोगिन्छ,ज्यान जोगिये जहान देखिन्छ“भनि लक्की खबर मार्फत राम आर्यको अनुरोध छ |

content ad p2


ती दुर्घटनामा परी दुई हजार तीन सय ६८ जनाको ज्यान गएको छ । छ हजार एक सय ६० गम्भीर र २५ हजार नौ सय ९६ जना सामान्य घाइते भएका छन् । गाडी दुर्घटनामा एक सय एक चौपायासमेत मरेका छन् ।

सबैभन्दा धेरै दुई पाङ्ग्रे मो.सा.सवारी दुर्घटनामा पर्ने गरेको प्रहरीको तथ्याङ्क छ । गएको वर्ष १९ हजार नौ सय ८४ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका थिए ।

यसैबीच गएको वर्ष ट्राफिक प्रहरीले २२ लाख ९१ हजार आठ सय १७ वटा कारबाहीमा एक अर्ब ७५ करोड ८१ लाख ८६ हजार सात सय ६० राजस्व संङ्कलन गरेको छ ।

प्रहरीले एक वर्षमा सङ्गठनको आचरणविपरित काम गर्ने एक हजार सात सय एक प्रहरी कर्मचारीलाई कारबाही गरेको छ ।

सम्बन्धित खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर

नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशन आइतबार, तयारी पूरा

लक्की खबर

बाराको फेटामा अस्पताल उद्घाटनमा विवाद , प्रहरीको गोली लाग्दा १८ वर्षीय युवक घाइते

लक्की खबर