Lucky-Khabar_

नेपालमा प्रत्येक दिन ९७ वटा सवारी दुर्घटना, ७ जनाको अकाल्मय मृत्यु

८,साउन|नेपालमा हरेक दिन औसत ९७ वटा सानाठूला गाडी दुर्घटना हुने गरेका पाइएको छ । नेपाल प्रहरीको तथ्याङ्क विश्लेषणअनुसार दैनिक हुने ९७ वटा दुर्घटनामा औषतमा सात जनाको ज्यान जाने गरेको छ ।
८८ जना घाइते हुने गरेका नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँकाअनुसार गएको आर्थिक वर्ष नेपालमा ३५ हजार चार सय चार वटा गाडी दुर्घटना भएका छन् ।

त्यस्तैसडक दुर्घटना अनेक किसिमको कमि कमजोरीले भए पनि मुख्य सबभन्दा धेरै गल्ति सवारी चालकको हुन्छ| धेरैजसो चालकलाई जनचेतना भएपनि मा.प.से.गरेको,घमण्ड गरि सवारीचलाएको र दुर्डघटना हुन्छ भनि डर नभएकोले पुर्व प्र.ना.नि. राम आर्यको निष्कर्ष छ|
सवारी चालकहरुलाई “होसगारी सवारी चलाए ज्यान जोगिन्छ,ज्यान जोगिये जहान देखिन्छ“भनि लक्की खबर मार्फत राम आर्यको अनुरोध छ |

content ad p2


ती दुर्घटनामा परी दुई हजार तीन सय ६८ जनाको ज्यान गएको छ । छ हजार एक सय ६० गम्भीर र २५ हजार नौ सय ९६ जना सामान्य घाइते भएका छन् । गाडी दुर्घटनामा एक सय एक चौपायासमेत मरेका छन् ।

सबैभन्दा धेरै दुई पाङ्ग्रे मो.सा.सवारी दुर्घटनामा पर्ने गरेको प्रहरीको तथ्याङ्क छ । गएको वर्ष १९ हजार नौ सय ८४ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका थिए ।

यसैबीच गएको वर्ष ट्राफिक प्रहरीले २२ लाख ९१ हजार आठ सय १७ वटा कारबाहीमा एक अर्ब ७५ करोड ८१ लाख ८६ हजार सात सय ६० राजस्व संङ्कलन गरेको छ ।

प्रहरीले एक वर्षमा सङ्गठनको आचरणविपरित काम गर्ने एक हजार सात सय एक प्रहरी कर्मचारीलाई कारबाही गरेको छ ।

सम्बन्धित खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर