Lucky-Khabar_

सांसद महतोलाई संसदमै घुस दिएको बताउने कारबाही गर्न प्रदेश सांसद अन्सारीको उजुरी

९ साउन,वीरगञ्ज । मधेश प्रदेशका प्रदेश सभा सदस्य रहबर अन्सारीले जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोलाई कारबाहीको माग गरेका छन् । छोराको समकक्षता पत्र लिँदा शिक्षा मन्त्रालयअन्तर्गतको सानोठिमीस्थित कार्यालयलाई बिचौलियामार्फत ५,०००  रुपैयाँ घुस दिएको बताएका सांसद महतोलाई कारबाही गर्न माग गर्दै अन्सारीले प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) बाट पर्सा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य अन्सारीले महतोलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गर्दै बुधबार समितिमा निवदेन दिएका हुन् ।

‘भ्रष्टाचार निवारण ऐन २०७९ को दफा ३ को उपदफा ३ मा घुस लिने÷दिनेलाई सजायको व्यवस्था छ । रिसवत् दिने कामलाई रोक्नुको सट्टा त्यसलाई प्रोत्साहन गरेको हुँदा महतोलाई कानुन बमोजिम कारवाही गरियोस्’ अन्सारीले निवेदनमा लेखेका छन् । ऐन कानुनलाई कार्यन्वयन गर्ने निकायमै रहेका जिम्मेवार व्यक्तिबाट उल्टै कानुन विपरितका काम भएपछि क्षम्य नहुने मधेश प्रदेशका पूर्व राज्य मन्त्री समेत रहेका अन्सारीको बुझाई छ ।

पूर्ववनमन्त्री समेत रहेका महतोले गत साउन ६ गते प्रतिनिधि सभाको रोस्टमबाट  बोल्दै छोराको समकक्षता लिनका लागि आफूले ५ हजार घुस दिएको र घुस दिएपछि काम बनेको बताएका थिए ।

‘म भूपू मन्त्री, मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ ,000 घुस दिएर आएको छु, कसले पत्याउँछ ? पत्याउनु हुन्छ ? मेरो छोराको समकक्षता गर्नुपर्ने थियो, मैले ११ बजे पठाएको ३ बजेसम्म यो मिलेन त्यो मिलेन भने । म आफै गएँ, एउटा अधिकृतले कागज मिलेको छैन भने,’ उनले संसदमै भनेका थिए, ‘कागज मिलेन भन्दै चिया खाने समय भयो भने ४ बजेसम्म आएनन् । बिचौलियालाई गएर ५ हजार दिएँ, ५ मिनेटमा काम गरेर ल्याइदियो । अनि हामी सुशासनको कुरा गर्छौं ।’

महतोको अभिव्यक्तिपछि छानबिन गर्न शिक्षा मन्त्रालयले पनि समिति बनाएको छ । गृहमन्त्री रमेश लेखकले पनि यस घटनाबारे पूर्वमन्त्री महतोसँग जानकारी लिइएको र थप अनुसन्धान गर्न प्रहरीलाई भनिएको बताएका थिए ।

content ad p2

सम्बन्धित खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर

देशकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुँदै

लक्की खबर

‘जनताको नेता जनता माझ’ अभियान : पर्सा–२ का सांसद सुशील शाह कानु घरदैलोमै, एक–एक मतदातासँग प्रत्यक्ष संवाद र समस्या सुन्दै विकासको प्रतिबद्धता

लक्की खबर