२५ साउन,काठमाडौं । अभिनेत्री शोभिता धुलिपला र भारतीय स्टार नागा चैतन्यको बिहीबार इन्गेजमेन्ट भएका छन् । अभिनेत्री सामन्था रुथ प्रभुसँग सम्बन्ध विच्छेदपछि चैतन्य शोभितासँग सम्बन्धमा रहेको चर्चा चलिरहेको बेला यी दुईबीच इन्गेजमेन्टको खबर बाहिरिएको हो ।

शोभिता धुलिपाला र नागा चैतन्यले बिहीबार इन्गेजमेन्ट गरेको फोटो र जानकारी सुपरस्टार तथा नागा चैतन्यका पिता अभिनेता नागार्जुनाले फेसबुकमार्फत दिएका छन् ।
नागा चैतन्य र शोभिता धुलिपाला दुबैले केही वर्षदेखि एकअर्कालाई डेट गरिरहेको उनीहरूबीच सम्बन्ध रहेको सामाजिक सञ्जालका पोस्टबाट अड्कलबाजी सुरु भएको थियो ।


