Lucky-Khabar_

पर्सा प्रहरीले करिब ३ करोड मूल्य पर्ने १५ हजारपीस इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको

२५ साउन,वीरगञ्ज । पहिलोपटक वीरगञ्जबाट ठूूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप)पर्सा प्रहरीले बरामद गरेको छ।रेल्वे रोडमा रहेको डाँफे ट्रान्सपोर्टमा छापा मार्दै पर्सा प्रहरीको विशेष टोलीले करिब १५ हजार पीस भेप बरामद गरेको छ। बरामद गरिएको भेपको बजार मूल्य करिब ३ करोड रुपैयाँ पर्छ प्रहरीको अनुमान छ।

पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलका अनुसार, प्रारम्भमा केही मात्रामा भेप बरामद भएपछि प्रहरीले थप अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानकै क्रममा डाँफे ट्रान्सपोर्टको गोदाममा भण्डारण गरिएको अवस्थामा ७६ कार्टुन भेप फेला परेको हो।

content ad p2


“सुरुमा ३र४ वटा पीस भन्सारबाट बरामद भयो, त्यसपछि हामीले खोजविन गर्न थाल्यौं। त्यसक्रममा डाँफे ट्रान्सपोर्टको गोदाममा भण्डारण गरिएको अवस्थामा थप भेप बरामद भएको हो।”एसपी ढुंगेलले बताए|

प्रहरीका अनुसार, एउटा कार्टुनमा २ सय पीस भेप रहेको पाइएको छ। त्यसअनुसार ७६ कार्टुनमा करिब १५ हजार पीस भेप हुने अनुमान गरिएको छ। यद्यपि, सबै काउन्ट गर्न बाँकी रहेको प्रहरी स्रोतले जनाए।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर