Lucky-Khabar_

२०/३० वर्षमै विवाह गर्नुस्, छिटो सन्तान जन्माउनुस् ना,प्रधानमन्त्रीले भने

२९ साउन, काठमाडौं । प्रधानमन्त्री ओलीले २०/३० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरुलाई आग्रह गरेका छन् ।

content ad p2

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रममा उनले जनसंख्या वृद्धिदर न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्ष आसपासमै विवाह गरेर ढिला नगरी बच्चा जन्माउनुपर्ने बताएका हुन् ।

‘४० कटेसी रमाउँला’ भनेर गीत गाउने गरिएको प्रशंग जोड्दै ओलीले अघि भने,‘उमेर छउन्जेल विदेशतिर गइराख्या हुन्छन्, त्यसो भएपछि जनसंख्या झन् घट्ने भयो, २०–३० वर्षको उमेरतिर बिहे गरेर बच्चा पाएपछि जबमा लागे पनि भो बाहिरतिर गए पनि भयो । कमसेकम छोराछोरी हुर्किंदै गर्छन् ।’

उनले युवाले फ्युचर जेनेरसन (भावी पुस्ता) बारे कुरा गर्ने गरेको भन्दै प्रश्न गरे,‘अनि पैसाले फ्युचर हुन्छ ? फ्युचरका लागि बालबच्चा चाहियो । विदआउट चिल्ड्रेन कसरी हुन्छ फ्युचर ?’

देशमा अलिअलि समस्या भएर पनि हो । बाहिर जाने लहरले पनि होला, रहरले पनि होला,’ उनले भने,‘ठूलो संख्यामा युवाहरु बाहिर गएका छन्, यस कुरालाई रोक्नुपर्छ ।’

उनले युवाहरुका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना बनाइरहेको समेत बताए । धेरैलाई रोजगारी दिन सानासाना उद्यमशीलताका कार्यक्रमसहित विकासको लहर ल्याउन सरकारले सोचिरहेको दाबी पनि गरे ।

हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा २ प्रतिशतका दरले गरिबी घटाउन सक्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
सम्मेलनबाट प्राप्त पारित घोषणापत्रका विषयहरुलाई कार्यान्वयनका लागि प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले आगामी असोजमा हुने राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा पनि घोषणापत्रका विषय प्रतिबिम्बित गर्ने प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर

मलेसियामा मृत्यु भएका ध्रुप महतो थारुको शव छिटो ल्याउन सांसद कानुको पहल

लक्की खबर