Lucky-Khabar_

तीन कलेजमा शिक्षा मन्त्रालयले विद्यार्थी भर्नामा रोक लगायो

३२ साउन,वीरगञ्ज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बसेको उच्चस्तरीय मूल्यांकन तथा अनुगमन समितिको बैठकलेज काठमाडौंको ग्लोबल इन्टरनेसनल, ललितपुरको नेपाल एजुकेसन फाउन्डेसन कन्सोर्टियम अफ कलेज, र जनकपुरको कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङमा विद्यार्थी भर्नामा रोक लगाएको छ।

content ad p2

शिक्षामन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको उच्चस्तरीय मूल्यांकन तथा अनुगमन समितिको बैठकले यी कलेजहरूमा विद्यार्थी भर्ना रोक्ने निर्णय गरेको हो।


यी कलेजहरूमा सिभिल इन्जिनियरिङ, बीबीए, एमबीए, सूचना प्रविधिलगायतका विषयहरूमा पठनपाठन हुँदै आईरहेएको थियो।

ग्लोबल इन्टरनेसनलले सम्बन्धन प्राप्त विश्वविद्यालयको कार्यक्रम सञ्चालन नगरेको, कश्यप इन्स्टिच्युटको समकक्षतासम्बन्धी विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको, र नेपाल एजुकेसन फाउन्डेसन स्थानान्तरण प्रक्रियामा रहेकाले भर्नामा रोक लगाइएको शिक्षा मन्त्रालयले जानकारी दिएको छ।


मन्त्रालयले विद्यार्थी भर्ना गर्न मिल्ने ५६ विदेशी सम्बन्धन भएका कलेजहरूको सूची पनि सार्वजनिक गरेको छ। यी कलेजहरूले मन्त्रालयबाट अनुमति लिएर सञ्चालन गरिरहेका, नियमित नवीकरण गरेका, लेखापरीक्षण र कर चुक्ता गरेका, र त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त गरेका कलेजहरू हुन्।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर