Lucky-Khabar_

पर्साबाट २ केजी १७१ ग्राम चाँदी सहित १ जना पक्राउ

३२ साउन,वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले दुई केजी १७१ ग्राम चाँदीसहित एकजनालाई पक्राउ गरेको हो ।

content ad p2

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण घोडासहन ग्राम पोष्ट ११ बासुकीनाथ बस्ने १८ वर्षीय गोपाल कुमार रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागेर सशस्त्र प्रहरीले जाँच गरेको थियो ।

उनले बोकेको झोला र शरीरमा बेरेर लुकाइ छिपाइ राखेको अवस्थामा चाँदी बरामद भएको सशस्त्र प्रहरी पर्साका प्रहरी नायब उपरिक्षक देवेन्द्र सिंहले जानकारी दिए ।

बरामद चाँदीको मूल्यांकन तीन लाख २५ हजार ६५० रुपैँया कायम गरिएको छ । चाँदीसहित पक्राउ परेका गोपाललाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।

सम्बन्धित खबर

मलद्वारमा खैरो हेरोइन लुकाएर ल्याउँदै गरेका दुई पक्राउ

लक्की खबर

धादिङमा छोराको फलामे छड प्रहारबाट बाबुको मृत्यु, आरोपी पक्राउ

लक्की खबर

भारतबाट भन्सार छली ल्याइँदै गरेका २४ लाख बराबरका ३८ आईफोन बरामद, तस्कर फरार

लक्की खबर