Lucky-Khabar_

करछली गर्दै भेइकल्स एण्ड ड्राइभिङ्ग सोलुसन्स प्रा.लि द्वारा वीरगञ्जमा ट्रायल सेन्टर चलाउदै

१भदौ,वीरगञ्ज । वीरगञ्जमा करछली गर्दै भेइकल्स एण्ड ड्राइभिङ्ग सोलुसन्स प्रा.लि द्वारा वीरगञ्जमा ट्रायल सेन्टर सञ्चालन गर्दै आएको पाईएको छ।
आर्थिक वर्ष २०७८/७९ देखि आन्तरिक राजस्व कार्यालयमा यो ट्रायल सेन्टरले कर नतिरेको देखएको छ। स्रोतका अनुसार, उक्त सेन्टरले दैनिक १ हजारभन्दा बढी मोटरसाइकल र कारको ट्रायल गराउँदै, सेवाग्राहीहरूबाट ३ लाखभन्दा बढी राजस्व असुल्ने गरेको पाईएको छ।

यातायात व्यवस्था कार्यालय, वीरगञ्जसँग २०७३ सालमा सम्झौता गरेर यो ट्रायल सेन्टर संचालनमा आएको तर आन्तरिक राजस्व कार्यालय, वीरगञ्जमा आर्थिक वर्ष २०७८/७९ सम्मको मात्र कर बुझाएको देखिएको छ।

content ad p2


सेवाग्राहीहरूले ट्रायलको लागि कारको ट्रायलमा ५५० रुपैयाँ तिरेपानी रसिदमा ४४९ रुपैयाँ मात्र लेखेको देखिन्छ। ट्रायल सेन्टरले राम्रो सवारी साधनको व्यवस्था नगरेकाले धेरै परीक्षार्थीहरू फेल हुने गरेको बताएका छन्।
एक परीक्षार्थीका अनुसार, ट्रायल दिने क्रममा खानेपानीको न त राम्रो शौचालयको व्यवस्था छ । साथै, गर्मीमा घण्टौं खुला घाममा लाइन बस्नुपर्ने बाध्यता रहेको छ। ट्रायल सेन्टरले निर्देशिकामा उल्लेखित मापदण्ड पालना नगरी सञ्चालन गर्दा धेरै परीक्षार्थीहरू फेल हुने गरेको पनि बताइएको छ।

मधेश प्रदेश सरकारको श्रम तथा यातायात व्यवस्था मन्त्रालयले निर्देशिकामा उल्लिखित मापदण्डहरू पालना नगरेका ट्रायल सेन्टरहरूलाई कारबाही गर्ने जनाएको छ।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर