Lucky-Khabar_

सरकारको टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी

४ भदौ,काठमाडौं। टिकटकमाथिको प्रतिबन्ध सरकारले खुलाउने तयारी थालेको छ। यस अघि तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध खुलाउने वर्तमान सरकारले गृहकार्य सुरु गरेको छ।

content ad p2

तत्कालीन प्रचण्ड सरकारले अश्लिलता र अराजकतालाई प्रश्रय दिएको बताउँदै गत वर्ष कात्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयबाटै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। टिकटकमाथि प्रतिबन्ध लगाउँदा प्रचण्ड नेतृत्वको कांग्रेससहितको गठबन्धन सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी रेखा शर्माले सम्हालेकी थिइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकमाथिको प्रतिबन्ध हटाउन तालुकदार सञ्चार मन्त्रालयलाई निर्देशन दिइसकेको स्रोतले बताएको छ।

प्रधानमन्त्रीको निर्देशन पछि सरकारका प्रवक्ता समेत रहेका सञ्चार सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउन गृहकार्य सुरु गरिसकेका छन्।

सञ्चार मन्त्री गुरुङले टिकटक खुलाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने तयारी गरेका छन्। यस अघि मन्त्रिपरिषद्को निर्णयबाटै प्रतिबन्ध लगाइकाले खुलाउन पनि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने सञ्चार मन्त्रीको तयारी रहेको छ।

टिकटको साउथ एसियन क्षेत्रीय कार्यालयले नेपालको कानून परिपालना गरेर सञ्चालन गर्न तयार रहेको पत्र सञ्चार मन्त्रालयमा पठाइसकेकाले आगामी मन्त्रिपरिषद्को बैठकबाट टिकटक खुलाउने प्रस्ताव पारित गर्नेगरी तयारी थालिएको सञ्चार मन्त्रालयले बताए छ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले टिकटक खुलाउन टिकटकको साउथ एसियन क्षेत्रीय कार्यालयबाट पत्र आएको र सो पत्रको अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने बताए ।

सम्बन्धित खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर

सिनेमा हलमा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न चलचित्र विकास बोर्डको चेतावनी

लक्की खबर