४भाद्र,वीरगञ्ज ।वीरगञ्जको महावीर मन्दिर परिसरमा आज श्री ५ मुमा बडामहरानी रतनराज्य लक्ष्मी देवी शाहको ९७ औं जन्मोत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ। यो विशेष कार्यक्रम देश भक्त राज भक्तका अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा आयोजित गरिएको थियो।

उक्त कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। प्रमुख अतिथिहरूमा सतीश कुमार श्रीवास्तव, पशुपति विक्रम शाह, श्रीमति उषा शाह, पृथ्वी झा, विरेन्द्र थापा, रामनरायण साह, नरेश चौधरी, महेन्द्र प्रसाद साह, शम्भु चौरसिया, शुशिला लामा, ध्रुव सिंह ठकुरी, र विनोद साह रहेका थिए।

समारोहको समापनमा, अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारले श्री ५ मुमा बडामहरानी रतनराज्य लक्ष्मी देवी शाहको योगदानको स्मरण गर्दै, उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।



