Lucky-Khabar_

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

२८ भदौ, काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका आठ जना कामदारको खोजी तथा उद्धारका क्रममा ठूला ढुंगा र कडा चट्टान भेटिएका छन्।

content ad p2

सुरुङभित्र जमेको गेग्रान तथा मलबे हटाउने क्रममा ठूला ढुंगा भेटिएपछि उद्धार कार्य थप चुनौतीपूर्ण बनेको हो। नेपाली सेनाका सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सुरुङको मुखबाट करिब ९० मिटरसम्मको मलबे हटाउन ठूला उपकरण परिचालन गरिएको छ।

हाल सुरुङभित्र एउटा स्काभेटर र एउटा लोडर प्रयोग गरी कडा चट्टान तथा ढुंगा पन्छाउने काम तीव्र गतिमा भइरहेको सेनाले जनाएको छ।उद्धारका लागि नेपाली सेनाले स्याफ्रुबेसीदेखि सुरुङसम्म करिब १ हजार ५० मिटर नयाँ बाटो निर्माण गरी हेभी इक्युपमेन्ट पुर्‍याएको छ। साथै, पाइपको प्रयोग गरेर पैदल प्रवेश गर्न मिल्ने बाटोसमेत तयार पारिएको छ। सोही बाटो हुँदै उद्धारकर्मीहरू भूमिगत विद्युत्गृहतर्फ पुगेर खोजीमा जुटिरहेका छन्।

सुरुङको साँघुरिएको भागमा ठूलो ढुंगा अड्किएको र त्यसको करिब १२० मिटर भित्रबाट पठाइएको आवाजको प्रतिध्वनि (इको) सुनिएको बताइएको छ। पूर्वऊर्जा मन्त्री कुलमान घिसिङले उक्त आवाजका आधारमा सुरुङमा फसेका आठै जना कामदार सकुशल रहेको र उद्धारको बलियो सम्भावना रहेको बताएका छन्।फसेका कामदारको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी तथा भारतीय विशेषज्ञ टोली संयुक्त रूपमा परिचालित छन्। सुरुङमा रहेका अवरोध हटाउँदै फसेका कामदारसम्म पुग्ने प्रयासलाई तीव्र पारिएको छ।

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर