Lucky-Khabar_

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

काठमाडौं । देशमा आएको विनाशकारी प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि शंकर ग्रुपले ४ करोड रुपैयाँ सहयोग गरेको छ।

content ad p2

ग्रुपले प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ जम्मा गरेको हो। सोमबार आयोजित कार्यक्रममा शंकर ग्रुपकी निर्देशक दीपा अग्रवालसहित वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको जनाएको छ।

यसैगरी, विपद् आएको तेस्रो दिनमै गृह मन्त्रालयको समन्वयमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकका लागि अस्थायी आश्रय निर्माण गर्न २५ लाख रुपैयाँ बराबरका २ हजार ५ सय थान टार्पोलिन टेन्ट उपलब्ध गराइएको ग्रुपले जनाएको छ।

विपद्का क्रममा ज्यान गुमाउनेहरूप्रति शंकर ग्रुपले गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामना गरेको छ।

ग्रुपले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षा निकाय, स्वयंसेवक तथा सरकारी अधिकारीहरूप्रति आभार व्यक्त गरेको छ। राष्ट्रिय संकटको समयमा सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु आफ्नो दायित्व भएको उल्लेख गर्दै ग्रुपले आगामी दिनमा पनि विपद् प्रभावितका लागि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

पर्सागढीका बेपत्ता ट्रक चालक नरेश राईको परिवारलाई सांसद कानुको भेट, खोजी तथा सहयोगका लागि पहल गर्ने प्रतिबद्धता

लक्की खबर