९भदौ,वीरगञ्ज। नेपाली महिलाहरूले तिज पर्वमा तिज पर्वको पवित्र गित हो कि भोजपुरी छाडा गानामा नाचगानको मनोरञ्जन?हिजो वीरगञ्जको एक होटेलमा आयोजित तिजको दर खाने कार्यक्रममा भोजपुरी छाडा गानामा महिला दिदीबहिनीहरूले नाचगान गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसले समाजमा तीव्र आलोचना निम्त्याएको छ।

भिडियोमा महिलाहरू “तोरा जैसन मर्दाके चुलिएमे जोरदेम” जस्तो अशोभनीय गानामा नाचिरहेको देख्न सकिन्छ। यो घटनाले तिज पर्वको पवित्रता माथि गम्भीर प्रश्न खडा गरेको छ। तिज पर्व, जहाँ महिलाहरूले आफ्ना श्रीमानहरूको लामो आयु र समृद्धिका लागि व्रत बस्ने परम्परा रहेको छ, त्यस्तो पर्वमा अश्लील गानामा नाचगान गर्नुले समाजमा गलत सन्देश फैलाएको छ।

सामाजिक सञ्जालमा भिडियोको व्यापक आलोचना भइरहेको छ।उनीहरूले तिज पर्वको वास्तविक महत्त्वलाई बिर्सेर यस्तो प्रकारका गानामा नाचगान गर्नुले संस्कार र परम्पराको अपमान भएको बताएका छन् ।

तिज पर्वको सन्दर्भमा मौलिकता र संस्कारलाई जोगाउन सचेत रहन आवश्यक रहेको भन्दै विभिन्न क्षेत्रका व्यक्तित्वहरूले चेतावनी दिएका छन् । यस किसिमका क्रियाकलापहरूले तिज पर्वको पवित्रता र मौलिकतालाई सङ्कटमा पार्ने खतरा औँल्याइएको छ । तसर्थ, तिज पर्वको वास्तविक अर्थ र महत्त्वलाई सम्मान गर्दै यसलाई मर्यादित ढंगले मनाउन सबैलाई सचेत रहनुपर्ने आवश्यकता छ ।

यस पर्वलाई सही ढङ्गले मनाउन र यसको पवित्रतालाई जोगाउन समाजका सबै तहका मानिसहरूको सक्रियता र जागरूकता अपरिहार्य रहेको छ भनि सरोकारवालाको भनाई छ।


