Lucky-Khabar_

कीर्तिपुर अस्पतालमा ह्याण्डकोर्ष २०२४सम्पन्न

९भदौ,काठमाडौं– कीर्तिपुर अस्पतालमा ह्याण्ड सर्जनहरुका लागि ह्याण्डकोर्ष २०२४ सम्पन्न भएको छ।

content ad p2

किर्तिपुर अस्पतालको हार्ड तथा प्लास्टिक सर्जरी विभाग र अर्थोपेडिक विभाग टिचिङ अस्पतालको संयुक्त आयोजनामा हातमा हुने सबैखाले रोग तथा समस्याहरूको उपचारमा वृद्धि विकास गर्नका लागि ह्याण्डकोर्ष २०२४ कार्यक्रम सम्पन्न भएको हो ।

त्यसतै नेपालका पहिलो ह्याण्ड सर्जन किरण नकर्मी लगायत अन्य विज्ञहरूले सहजिकरण गराइरहेको कार्यक्रममा भारत युके लगायतका देशबाट गरी ६५ जना ह्याण्ड सर्जनहरूको सहभागिता रहेको ह्याण्ड सर्जन डा.लोकराज चौरसियाले जानकारी गराए।

यस्तै न्या पुस्ताका ह्याण्ड सर्जन डाकटहरूलाई ह्याण्ड सर्जरी सम्बन्धि जानकारी र शिप प्रदान गर्ने मुख्य रहेको थियो|ह्याण्ड सर्जरी भनेको हातमा हुने समस्या जस्तै सामान्य चोटपटक देखि जटिल खालका चोटपटकहरु नशाहरुको सर्जरी तथा जन्मजात हातको समस्याहरुलाई उपचार गर्ने शाल्याचिकिस्ता बिज्ञान हो भनि डा. लोकराज चौरसियाले बताए |यस्तै आफूले सिकेको सीप सिकाउन यस कार्यक्रमले सहयोग पुर्याउने किर्तिपुर अस्पताल प्लास्टिक सर्जरी विभाग प्रमुख डा विसाल कार्कीले जानकारी गराए ।

धेरैलाई हातको पनि छुट्टै उपचार गर्ने चिकित्सकहरू हुन्छन् भन्ने जानकारी छैन नेपालमा यसको सुरुवात भएको पनि धेरै भएको छैन । किर्तिपुर अस्पताल लगायत काठमाडौंका केही अस्पतालमा मात्रै सीमित रहेको यो सेवालाई देशैभर बिस्तार गर्ने योजना रहेको डा.कार्कीले जनाए । अहिले देशभर जम्मा १७ जना मात्रै ह्याण्ड सर्जनहरू रहेका उनले बताए ।

उक्त कार्यक्रमको प्रमुख अथिति फेन्ट नेपालको प्रमुख डा.गौरी प्रधान,अध्यक्ष नेपालको पहिलो हयांड सर्जन डा.किरण कार्की,उपाध्यक्ष डा.सुरेन्द्र उप्रेदी र सचिव पाईनियर हेड सर्जन डा. लोकराज चौरसिया थियो |

सम्बन्धित खबर

रसुवामा हैजाको जोखिम बढेपछि २१ हजार डोज खोप पठाइयो

लक्की खबर

रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रक्तदान, ६८ पिन्ट रगत संकलन

लक्की खबर

कांग्रेसका पूर्वसभापति अमात्यलाई हृदयाघात, काठमाडौं लैजाने तयारी

लक्की खबर