Lucky-Khabar_

बोलबम तीर्थ यात्राका लागि बारा जिल्लाबाट गएको बस दुर्घटनामा, कम्तीमा २५ जना घाइते

९ भदौ,भारत ।बोलबम तीर्थ यात्राका लागि बारा जिल्लाबाट गएको बस भारत विहारमा दुर्घटनामा परेको छ । भारतको बिहार राज्यको समस्तीपुरमा आज विहान तीर्थ यात्राका लागि गएको बस दुर्घटना भएको हो ।

बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको पालिका अध्यक्ष अशोककुमार जैलसवालले बताएका छन् ।

content ad p2

जैलसवालका अनुसार दुर्घटनाको प्रारम्भिक सूचना आफूलाई पनि आएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार ना७ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो ।

बाराका तीर्थयात्री सवार बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको केही भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचारहका अनुसार सो दुर्घटनामा कम्तीमा २५ जना तीर्थयात्री घाइते भएका छन् । उनीहरु देवघरतर्फ गइरहेका थिए । बसमा ४३ यात्री सवार रहेको जनाइएको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

सम्बन्धित खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर