Lucky-Khabar_

बोलबम तीर्थ यात्राका लागि बारा जिल्लाबाट गएको बस दुर्घटनामा, कम्तीमा २५ जना घाइते

९ भदौ,भारत ।बोलबम तीर्थ यात्राका लागि बारा जिल्लाबाट गएको बस भारत विहारमा दुर्घटनामा परेको छ । भारतको बिहार राज्यको समस्तीपुरमा आज विहान तीर्थ यात्राका लागि गएको बस दुर्घटना भएको हो ।

बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको पालिका अध्यक्ष अशोककुमार जैलसवालले बताएका छन् ।

content ad p2

जैलसवालका अनुसार दुर्घटनाको प्रारम्भिक सूचना आफूलाई पनि आएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार ना७ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो ।

बाराका तीर्थयात्री सवार बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको केही भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचारहका अनुसार सो दुर्घटनामा कम्तीमा २५ जना तीर्थयात्री घाइते भएका छन् । उनीहरु देवघरतर्फ गइरहेका थिए । बसमा ४३ यात्री सवार रहेको जनाइएको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर