Lucky-Khabar_

टिकटकआगामी मंगलबारसम्ममा नेपालभर पुन: सञ्चालन हुने

८भदौ,वीरगञ्ज । टिकटक आगामी मंगलबारसम्ममा नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा सञ्चालनमा आउने भएको छ। टिकटकका प्रतिनिधिहरूले नेपाल सरकारले अघि सारेका चारवटा सर्तहरूलाई पालना गर्न सहमत भएको हो।

content ad p2

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएअनुसार, आइतबार नै सबै काम पूरा भएमा बेलुकादेखि नै टिकटक चल्न सक्ने सम्भावना रहेको छ। यसअघि नेपाल सरकारले भदौ ६ गते टिकटक प्रतिबन्ध फुकुवा गरेको भए पनि सबै ठाउँमा टिकटक अझै चलेको थिएन।

टिकटकका प्रतिनिधिले भदौ ७ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग भेटघाट गरी सरकारको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका–२०८० को दफा–३ पालना गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन्।
नेपाल सरकारले टिकटकलाई पुन: सञ्चालन गर्न चारवटा सर्तहरू अघि सारेको थियो। ती सर्तहरू यी हुन् :-

पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने
डिजिटल साक्षरताका लागि काम गर्ने
सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्ने
नेपाली भाषा र मातृभाषाको प्रयोगमा नियमन गर्ने
यी सर्तहरू पालना गर्न टिकटक सहमत भएकोले, सरकारले पुन: सञ्चालनको अनुमति दिएको हो।

सम्बन्धित खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर

सिनेमा हलमा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न चलचित्र विकास बोर्डको चेतावनी

लक्की खबर