Lucky-Khabar_

रामबाबु मण्डल अखिल क्रान्तिकारीको महानगर अध्यक्षमा सर्वसहमतबाट चयन

८ भदौ,वीरगञ्ज । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको महानगर अध्यक्षमा रामबाबु मण्डल सर्वसहमतबाट चयन भएका छन् । वीरगञ्जको कुर्मी सेवा सदनमा आज भएको दोश्रो महानगर सम्मेलनबाट मण्डलको अध्यक्षतमा २१ सदस्यीय महानगर कमिटि सर्वसम्मत चयन गरेको हो ।

उक्त कमिटीको उपाध्यक्षमा तौसिफ अन्सारी, राजु सर्राफ र सुरज सिंहलाई चयन गरिएको छ । त्यस्तै महिला उपाध्यक्षमा रजनी सर्राफ सचिवहरुमा शम्सेद अन्सारी, विवेक गुप्ता, कौशर आलम, राजन बेठा र कमलेश पटेललाई चयन गरिएको छ ।

content ad p2


संगठनको कोषाध्यक्षमा आँचल झा लगायत २१ जना रहेको महानगर कमिटिका नवनिर्वाचित अध्यक्ष रामबाबु मण्डलले जानकारी दिए । यसअघि निवर्तमान अध्यक्ष विवेक साहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पर्सा जिल्ला इञ्चार्ज विजय महतोले उदघाटन गरेका थिए ।

उक्त कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव प्रभाकर गुप्ता, सचिव तथा पर्सा जिल्ला इञ्चार्ज शिवम साह, निवर्तमान जिल्ला अध्यक्ष कबिराज पटेल, वाइसियल केन्द्रीय सदस्य तथा पर्सा इञ्चाज संतोष पटेल, संयोजक दिपेन्द्र सिंह पटेल, ठाकुराम इकाई अध्यक्ष अनिश पटेल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

कांग्रेस–कम्युनिस्टकै कारण देशमा भाँडभैलो मच्चियो : उपेन्द्र यादव

लक्की खबर

‘जनताको नेता जनता माझ’ अभियान : पर्सा–२ का सांसद सुशील शाह कानु घरदैलोमै, एक–एक मतदातासँग प्रत्यक्ष संवाद र समस्या सुन्दै विकासको प्रतिबद्धता

लक्की खबर