Lucky-Khabar_

मन्त्रालय पुनर्संरचना: भूमि व्यवस्था मन्त्रालयमा ३८ प्रतिशत दरबन्दी कटौती

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संगठन पुनर्संरचना गर्दै ३८ प्रतिशत कर्मचारी दरबन्दी कटौती गरेको छ।

content ad p2

साबिकका संघीय मामिला तथा भूमि व्यवस्था मन्त्रालय गाभिएर बनेको एकीकृत मन्त्रालयमा यसअघि २२५ कर्मचारीको दरबन्दी रहेकामा ८५ वटा दरबन्दी कटौती गरी १४० मा सीमित गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव गणेशप्रसाद भट्टका अनुसार पुनर्संरचनापछि मन्त्रालयको आवश्यक महाशाखा तथा कर्मचारी संरचना समेटिएको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरिएको हो।

नयाँ संरचनाअनुसार मन्त्रालयमा १ सचिव, ६ सहसचिव, २४ उपसचिव, ४७ शाखा अधिकृत, २९ नायब सुब्बा, १५ सवारी चालक र १८ कार्यालय सहयोगीको दरबन्दी कायम गरिएको छ।

मन्त्रालय मातहतका निकायहरूमा पनि दरबन्दी पुनर्संरचना गरिएको छ। निजामती किताबखाना र शिक्षक किताबखानाबाट १–१ जना सहसचिवको दरबन्दी हटाइएको छ भने सहकारी विभाग र तालिम केन्द्रलाई एकीकृत गरी ‘सहकारी रजिस्ट्रारको कार्यालय’ गठन गरिएको छ। यस कार्यालयको दरबन्दी ५५ बाट घटाएर ३७ कायम गरिएको मन्त्रालयले जनाएको छ।मन्त्रिपरिषद्बाट स्वीकृत नयाँ दरबन्दी तेरिज हाल राष्ट्रिय निजामती किताबखानामा दर्ता प्रक्रियामा रहेको छ।

यसैबीच, नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको दरबन्दी तेरिज पनि स्वीकृत भइसकेको छ। उक्त मन्त्रालयमा १ सचिव र ३ सहसचिवसहित कुल ९० जनाको दरबन्दी कायम गरिएको छ भने दर्ता प्रक्रिया तीव्र रूपमा अघि बढाइएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर