Lucky-Khabar_

काम गर्ने मजदुरको हातबाट नेपालकै पहिलो नागढुङ्गा सुरुङमार्ग उद्घाटन, श्रमको सम्मानमा नयाँ सन्देश

काठमाडौं । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन कुनै नेता वा उच्च पदस्थ अधिकारीले नभई निर्माणमा पाँच वर्षसम्म निरन्तर खटिएका मजदुरको हातबाट गरिएको छ। उद्घाटन समारोहमा मुगुका एक मजदुरले रिबन काटेर सुरुङमार्गको औपचारिक शुभारम्भ गरेका हुन्।

content ad p2

उद्घाटनका क्रममा मन्त्री स्वयं मजदुरको छेउमा उभिएर ताली बजाउँदै श्रमिकको योगदानप्रति सम्मान व्यक्त गरेको दृश्यले व्यापक प्रशंसा बटुलेको छ। निर्माण कार्यमा दिनरात पसिना बगाउने श्रमिकलाई अग्रपङ्क्तिमा राखेर गरिएको उद्घाटनलाई श्रमको सम्मान र योगदानको कदर गर्ने उदाहरणका रूपमा हेरिएको छ।

करिब पाँच वर्षसम्म निर्माणमा संलग्न रहेका ती मजदुरको हातबाट उद्घाटन गरिनु केवल औपचारिकता नभई देशको पूर्वाधार निर्माणमा श्रमिकको भूमिकालाई सम्मान गर्ने सशक्त सन्देश भएको सहभागीहरूले बताएका छन्।

सामान्यतया ठूला आयोजना उद्घाटन गर्ने परम्परा राजनीतिक नेतृत्व वा उच्च सरकारी अधिकारीबाट हुँदै आएको अवस्थामा नागढुङ्गा सुरुङमार्गमा अपनाइएको यो अभ्यासलाई फरक र प्रेरणादायी कदमका रूपमा लिइएको छ।

नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रु तथा सवारीसाधनका लागि यात्रा सहज, सुरक्षित र छोटो हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर