Lucky-Khabar_

उद्योग विस्तारदेखि स्टार्टअपसम्म: मन्त्री कनिष पटेलको महत्वाकांक्षी विकास योजना

बिरगंज । मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिष पटेलले आगामी आर्थिक वर्षका लागि उद्योग विस्तार, उद्यमशीलता विकास, लगानी प्रवर्द्धन तथा पर्यटन क्षेत्रलाई केन्द्रमा राख्दै महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेका छन्।

content ad p2

सार्वजनिक गरिएको योजनाअनुसार नयाँ उद्यमीलाई रु. ५ करोड ब्याज अनुदान, स्टार्टअप उद्यमीलाई रु. १ करोड बराबरको प्रविधि उपकरण सहयोग, औद्योगिक श्रमिकका लागि रु. २० लाखको अनिवार्य सुरक्षा बिमा कार्यक्रम सञ्चालन गरिनेछ।

त्यस्तै, जनकपुरलाई विवाह पर्यटनको प्रमुख गन्तव्य बनाउन ‘जनकपुर वेडिङ डेस्टिनेसन’ कार्यक्रमका लागि रु. १ करोड बजेट विनियोजन गरिएको छ। उत्कृष्ट करदातालाई सम्मान तथा औद्योगिक मेला आयोजना, पर्यटन सम्भाव्यता अध्ययन र पर्यटकीय सम्पदाको मापदण्ड निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ।

मन्त्री पटेलका अनुसार उद्योग दर्ता प्रक्रियालाई अझ सरल, छिटो र प्रविधिमैत्री बनाउँदै नयाँ अनलाइन उद्योग दर्ता प्रणाली समेत सञ्चालनमा ल्याइनेछ। यी कार्यक्रममार्फत रोजगारी सिर्जना, निजी लगानी आकर्षण र मधेश प्रदेशको आर्थिक विकासलाई गति दिने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर