Lucky-Khabar_

पेट्रोल पम्पमा मोटरसाइकलमा आगलागी, बाइक पूर्ण रूपमा जलेर नष्ट

वीरगञ्ज | बाराको परवानीपुर गाउँपालिका–५ नौतनस्थित ऋषभ आयल स्टोर पेट्रोल पम्पमा पेट्रोल हालेर मोटरसाइकल स्टार्ट गर्ने क्रममा आगलागी हुँदा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ।

content ad p2

प्रहरीका अनुसार सोमबार दिउँसो करिब ३ः३० बजे ना २२ प ८८०७ नम्बरको मोटरसाइकलमा पेट्रोल भरिसकेपछि स्टार्ट गर्ने क्रममा अचानक आगलागी भएको हो। आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ भने पेट्रोल हाल्ने डिस्पेन्सरको एक थानमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।स्थानीयवासी, पेट्रोल पम्पमा रहेका फायर एक्स्टिङ्गुइशर तथा प्रहरीको सक्रियतामा आगो करिब १० मिनेटपछि दिउँसो ३ः४० बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।

घटनामा कुनै मानवीय वा चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक राजदेव यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको थियो।प्रहरीका अनुसार मोटरसाइकल चालक घटनापछि फरार रहेका छन्। चालकको खोजी भइरहेको तथा आगलागीको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर