Lucky-Khabar_

हरिखेतान कलेजकी अञ्जलीले नेपालभर तेस्रो, सामुदायिक क्याम्पसतर्फ प्रथम बन्दै रचिन् इतिहास

वीरगञ्ज । हरिखेतान बहुमुखी कलेज, वीरगञ्जकी छात्रा अञ्जली कुमारी गुप्ताले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित स्नातक तहको बीबीएस (Bachelor of Business Studies) परीक्षामा नेपालभर तेस्रो स्थान हासिल गरेकी छन्। साथै उनले सामुदायिक क्याम्पसतर्फ नेपालमै प्रथम स्थान प्राप्त गर्दै ऐतिहासिक सफलता हात पारेकी हुन्।

content ad p2

उनको उत्कृष्ट उपलब्धिले हरिखेतान बहुमुखी कलेजसँगै पर्सा जिल्लाको शैक्षिक प्रतिष्ठालाई राष्ट्रिय स्तरमा उचाइमा पुर्‍याएको कलेजले जनाएको छ।

कलेज प्रमुख किशोरी रायका अनुसार यस वर्ष नेपालभर रहेका ५५६ वटा कलेजमध्ये हरिखेतान बहुमुखी कलेजले बीबीएस परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै नेपालमै पहिलो स्थान कायम गर्न सफल भएको हो। उनले यो सफलता कलेजको गुणस्तरीय शैक्षिक वातावरण, दक्ष शिक्षकको मार्गदर्शन तथा विद्यार्थीहरूको निरन्तर मेहनत र अनुशासनको प्रतिफल भएको बताए।

यसैबीच, हरिखेतान बहुमुखी कलेज सञ्चालक समितिका सल्लाहकार जय प्रकाश खेतानले अञ्जली कुमारी गुप्तालाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्। उनले कलेजको गौरव बढाउने यस ऐतिहासिक उपलब्धिको सम्मानस्वरूप एक साताभित्र विशेष सम्मान कार्यक्रम आयोजना गरी अञ्जलीलाई सम्मान गरिने जानकारी दिए।

अञ्जलीको सफलता मेहनत, लगनशीलता, अनुशासन र गुणस्तरीय शिक्षाप्रतिको समर्पणको प्रेरणादायी उदाहरण बनेको छ। कलेज प्रशासन, सञ्चालक समिति, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूले उनको उपलब्धिप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न शुभकामना दिएका छन्।

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर