Lucky-Khabar_

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

वीरगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा राष्ट्रिय एकता दलले सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कानुनी कारबाही तथा पीडितलाई न्यायको माग गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएका छन्।

content ad p2

प्रदर्शनपछि आयोजित कोणसभामा पार्टीका नेताहरूले तोकिएको समयभित्र आफ्ना माग सम्बोधन नभए राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव मंगलबारदेखि आमरण अनशनमा बस्ने घोषणा गरेका छन्। उनीहरूले त्यसपछि पनि माग पूरा नभए देशव्यापी आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिएका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न प्लेकार्ड र ब्यानरसहित सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले सुनसरीको घटनाले धार्मिक सहिष्णुता, नागरिक सुरक्षा तथा कानुनी शासनमाथि गम्भीर प्रश्न उठाएको दाबी गर्दै सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएका थिए। साथै, पीडित परिवारलाई न्याय दिलाउन घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।

आयोजकले सरकारसमक्ष आफ्ना विभिन्न मागसमेत सार्वजनिक गरेको छ। सार्वजनिक गरिएका मागमा मृतकलाई शहीद घोषणा गर्ने, घाइतेहरूको निःशुल्क तथा पूर्ण उपचारको व्यवस्था गर्ने, सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय अनुसन्धान समिति गठन गर्ने, दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने तथा पीडित परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्नेलगायतका विषय समावेश छन्।

त्यसैगरी, प्रदर्शनमा जिहादी गतिविधिविरुद्ध कडा कानुन ल्याउने, रोहिङ्ग्या र बङ्गाली शरणार्थीलाई देशनिकाला गर्ने, मुस्लिम आरक्षण खारेज गर्ने तथा मुस्लिम आयोग विघटन गर्नुपर्ने मागसमेत उठाइएको थियो। यी मागहरू आयोजक पक्षले सार्वजनिक रूपमा राखेका हुन्।

राष्ट्रिय एकता दलले २४ घण्टाभित्र आफ्ना माग सम्बोधन नभए अध्यक्ष विनय यादव आमरण अनशनमा बस्ने र त्यसपछि आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएको छ।

प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने कुनै अप्रिय घटना नभएको जनाइएको छ। यद्यपि, प्रदर्शनमा उठाइएका माग तथा अल्टिमेटमबारे समाचार तयार पार्दासम्म सम्बन्धित सरकारी निकायबाट कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

सम्बन्धित खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर

बाराको पचरौता(इनरवा)मा खानेपानीको पाइप काटिएको आरोप, नगरप्रमुखमले प्रतिशोधपूर्ण राजनीति गरेको स्थानीयको दाबी

लक्की खबर